पोखरा । पोखरा महानगरपालिकाको मतगणना सुरु भएको छ । साढे १ बजेसम्म मत पेटिका मिलाउने र त्यसअघि नै दलका प्रतिनिधिहरुको नाम र फोटो उपलब्ध गराउने निर्णय भएकाले मतगणना ढिलो गरी सुरु भएको हो ।
पोखराको मेयरमा नेकपा एमाले कृष्ण थापा र नेकपा एकीकृत पार्टीका धनराज आचार्यसहित २३ जना उम्मेदवार हुनुहुन्छ । उपमेयर पदमा नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङ र नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाट चुनावी मैदानमा उत्रिनुभएकाे छ।
पोखरा महानगरपालिका भर १ लाख ४३ हजार २ सय २८ मत खसेको छ ।