तनहुँ म्याग्दे गाउँपालिकामा नेकपा एमालेकाे अग्रता • Nepal's Trusted Digital Newspaperतनहुँ म्याग्दे गाउँपालिकामा नेकपा एमालेकाे अग्रता • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • तनहुँ म्याग्दे गाउँपालिकामा नेकपा एमालेकाे अग्रता

तनहुँ म्याग्दे गाउँपालिकामा नेकपा एमालेकाे अग्रता

  • समाचारपाटी
  • शनिबार, बैशाख ३१, २०७९
तनहुँ म्याग्दे गाउँपालिकामा नेकपा एमालेकाे अग्रता

तनहुँ । तनहुँ जिल्लाको म्याग्दे गाउँपालिकामा नेकपा एमालेले अग्रता लिएको छ। प्रारम्भिक मत परिणाम अनुसार एमालेका उम्मेदवार श्रीप्रसाद श्रेष्ठले अग्रता लिनुभएकाे हाे।

९ सय ८० मत गणना हुँदा गाउँपालिकाको अध्यक्षमा एमाले उम्मेदवार श्रेष्ठले ४ सय ६८ कांग्रेस उम्मेदवार मायादेवी रानाले ३ सय ४४ र माओवादी केन्द्रका दिलीप श्रेष्ठले ६५ मत प्राप्त गर्नुभएकाे छ।

यसैगरी उपाध्यक्षमा कांग्रेस उम्मेदवार बालकृष्ण घिमिरेले अग्रता लिनुभएकाे छ। घिमिरेले ४ सय १६ मत पाउँदा एमाले उम्मेदवार रत्ना घिमिरेले ३ सय ७४ र माओवादी केन्द्रको उम्मेदवार दुर्गा थापाले ५५ मत प्राप्त गर्नुभएकाे छ। कुल १८ हजार १ सय ५ मतदाता रहेको म्याग्देमा ११ हजार ९ सय ४३ मत खसेको छ। जिल्लाको अन्य पालिकाहरु बन्दिपुर, भिमाद र घिरिङमा पनि मतगणना सुरु भएको छ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका