पर्वतमा सबै पालिकामा मतगणना सुरु, जलजला १ काे नतिजा सार्वजनिक • Nepal's Trusted Digital Newspaperपर्वतमा सबै पालिकामा मतगणना सुरु, जलजला १ काे नतिजा सार्वजनिक • Nepal's Trusted Digital Newspaper

हालको खबर

  • होमपेज
  • पर्वतमा सबै पालिकामा मतगणना सुरु, जलजला १ काे नतिजा सार्वजनिक

पर्वतमा सबै पालिकामा मतगणना सुरु, जलजला १ काे नतिजा सार्वजनिक

  • समाचारपाटी
  • शनिबार, बैशाख ३१, २०७९
पर्वतमा सबै पालिकामा मतगणना सुरु, जलजला १ काे नतिजा सार्वजनिक

कुश्मा । पर्वतमा सातवटै स्थानीय तहमा मतगणना सुरु भएको छ। शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतदान पछि सातवटै पालिकामा मतगणना सुरु गरिएको हो।

पर्वतका जलजला गाउँपालिका र पैंयु गाउँपालिकामा गएरातिदेखिनै मतगणना सुरु भएको थियो भने बाँकी ५ स्थानीय तहमा पनि दिउँसोदेखि सुरु भएको छ।

पर्वतमा ६५ दशमलव ३८ प्रतिशत मत खसेको थियो। जिल्लाका सातवटै स्थानीय तहमा नेकपा एमाले र गठवन्धनका उम्मेदवारबीच प्रतिस्पर्धा रहेको छ। अहिलेसम्म जलजला गाउँपालिका वडा नं. १ बाँसखर्कको मात्र नतिजा सार्वजनिक भएको छ।

जसमा नेकपा एमालेका जगबहादुर रोका वडाध्यक्षमा विजयी हुनुभएकाे थियाे। पछिल्लो परिणामअनुसार जलजलामा नेकपा एमालेको अग्रता कायमै रहेको छ भने पैंयु गाउँपालिको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार तोरण मल्ल ठकुरीको अग्रता रहेको छ। उपाध्यक्षमा भने नेकपा एमालेकी यामकुमारी रानाको अग्रता रहेको छ।

विहादी गाउँपालिमा वडा नं. १ बाच्छाको मतगणना भैरहेको छ। जहाँ एमालेका ओम कुँवरको अग्रता रहेको छ। त्यसैगरी मोदी गाउँपालिका वडा नं. १ भुकताङ्लेको मतगणना केहीबेर अघिदेखि सुरु भएको छ। महाशिला गाउँपालिकामा पनि दिउँसे १ बजेदेखि मतगणना सुरु भएको हा।

सदरमुकाम कुश्मा नगरपालिकामा मतगणना भर्खरै सुरु भएको छ। वडा नं.१ पाङ र वडा नं. १४ आर्थर डाँडाखर्कको मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत बलराम त्रिपाठीले जानकारी दिनुभयाे।

उता फलेवास नगरपालिकामा पनि वडा नं. १ कार्किनेटा र वडा नं. ११ पाङराङको मतगणना सुरु भएको छ। दुवै नगरपालिकामा मतपरिणाम सार्वजनिक भैसकेको छैन।

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका