बागलुङ । बागलुङको ताराखोला गाउँपालिका–५ मा नेकपा माओवादी केन्द्र विजयी भएको छ । माओवादीका मनबहादुर रोका ८ सय ५४ मत प्राप्त गर्दै अध्यक्ष पदमा विजयी हुनुभएकाे हाे ।
रोका पाँच दलीय गठबन्धनको तर्फबाट वडा अध्यक्षको उम्मेदवार बन्नुभएकाे थियाे । रोकाका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका धनप्रसाद बुढाले २ सय १९ मत प्राप्त गर्नुभएकाे छ ।
रोकासँगै खुल्ला महिला सदस्यमा माओवादीका पार्वती पुन रोका, दलित महिला सदस्यमा माओवादीकै जैकली दर्जी, खुल्ला सदस्यमा नेपाली कांग्रेसका तारानाथ कंडेल, खुल्ला सदस्यमा माओवादीका चन्द्रा रोका विजयी हुनुभएकाे छ ।