खुकुरी प्रहार गरेको आरोपमा उपमेयर उम्मेदवार गन्धर्व पक्राउ • Nepal's Trusted Digital Newspaperखुकुरी प्रहार गरेको आरोपमा उपमेयर उम्मेदवार गन्धर्व पक्राउ • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • खुकुरी प्रहार गरेको आरोपमा उपमेयर उम्मेदवार गन्धर्व पक्राउ

खुकुरी प्रहार गरेको आरोपमा उपमेयर उम्मेदवार गन्धर्व पक्राउ

  • समाचारपाटी
  • शनिबार, बैशाख ३१, २०७९
खुकुरी प्रहार गरेको आरोपमा उपमेयर उम्मेदवार गन्धर्व पक्राउ

दाङ । खुकुरी प्रहार गरेको आरोपमा दाङको तुलसीपुर उपमहानगरपालिकाका उपमेयर उम्मेदवार पक्राउ पर्नुभएकाे छ । उपमेयर पदका स्वतन्त्र उम्मेदवार सुशील गन्धर्वलाई प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार तुलसीपुर-४ स्थित उम्मेदवार गन्धर्वकै घर नजिकै दुईपक्षबीच झडप भएको हो । खुकुरी प्रहारबाट अन्य चार जना घाइते भएका छन् ।

पूजाको बेलामा मदिरा सेवन गरेपछि विवाद हुँदा झडप भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख श्यामु अर्यालले बताउनुभयाे । दिउँसो निर्वाचनमा सामान्य विवाद भएको र त्यसैलाई लिएर साँझ झडप भएको हुन सक्ने प्रहरीले बताएको छ ।

शुक्रबार दिउँसो मतदान स्थलमा गन्दर्भका छोरा सुमन र केही युवाहरुबीच चुनावी प्रचार प्रसारको विषयलाई लिएर विवाद भएको थियो ।

छोरा सुमनलाई ती युवाहरुले पिट्न थालेपछि त्यसको प्रतिकारका लागि गन्धर्व जानुभएकाे थियाे । निर्वाचनकै दिन शुक्रबार राति साढे ९ बजेतिर उक्त घटना भएको हो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

source:-onlinekhbar

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका