मुस्ताङ घरपझोङ गाउँपालिकामा नेपाली कांग्रेसले मार्याे बाजी • Nepal's Trusted Digital Newspaperमुस्ताङ घरपझोङ गाउँपालिकामा नेपाली कांग्रेसले मार्याे बाजी • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • मुस्ताङ घरपझोङ गाउँपालिकामा नेपाली कांग्रेसले मार्याे बाजी

मुस्ताङ घरपझोङ गाउँपालिकामा नेपाली कांग्रेसले मार्याे बाजी

  • समाचारपाटी
  • शनिबार, बैशाख ३१, २०७९
मुस्ताङ  घरपझोङ गाउँपालिकामा नेपाली कांग्रेसले मार्याे बाजी

जोमसोम । मुस्ताङ सदरमुकाम घरपझोङ गाउँपालिकामा नेपाली कांग्रेसले बाजी मारेको छ । स्थानीय तह निर्वाचन २०७४ मा नेकपा एमालले अध्यक्ष र उपाध्यक्ष पद जितेकोमा त्यो रेकर्ड कांग्रेसले ५ वर्षपछि उल्टाएको छ । घरपझोङ गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार मोहनसिंह लालचन ७ सय ६० मतले  विजय हुनुभएकाे छ ।

उहाँका निकटम् प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार सञ्जयकुमार थकालीले ७ सय ५८ मत प्राप्त गर्नुभयाे । घरपझोङको अध्यक्ष पदमा कांग्रेसका उम्मेदवार  लालचन २ मतको अन्तरले विजय हुनुभएकाे हाे । यस्तै, घरपझोङको उपाध्यक्ष पदमा नेपाली कांग्रेसकी उम्मेदवार जमुना थकालीले ६ सय ९३ मत प्राप्त गरी विजयी हुनुभयाे । उहाँका निकतम् प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार मिमकुमारी शेरचनले ६ सय १८ मत प्राप्त गर्नुभयाे । उपाध्यक्ष पदमा ७५ मत अन्तरले कांग्रेस उम्मेदवार थकाली विजय हुनुभएकाे हाे ।

घरपझोङ गाउँपालिका वडा–३ को वडाध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार फडिन्द्र थकालीसहित एमालेको प्यानल विजयी भएको छ । यस्तै, घरपझोङ –४ को वडाध्यक्ष पदमा कांग्रेसका यमप्रसाद थकालीसहितको प्यानल विजय भएको हो । यसअघि स्थानीय तह निर्वाचनअन्तर्गत घरपझोङ १,२ र ५ वडामा कांग्रेस, एमाले, माओवादी केन्द्र र समाजवादीका उम्मेदवार निर्विरोध निवाचित भएकाे थियाे ।

केन्द्र तहको सत्ता गठबन्धनले जिल्लामा मिलेर निर्वाचनमा सहकार्य गर्ने निर्णय गरेको थियो । गठबन्धनकै कारण घरपझोङमा नेपाली कांग्रेसले अध्यक्ष पद जित्न सफल भएको हो ।

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका