जुम्लाको गुठिचौर गाउँपालिका गज्यांकोटमा जेठ १ गते मतदान हुने • Nepal's Trusted Digital Newspaperजुम्लाको गुठिचौर गाउँपालिका गज्यांकोटमा जेठ १ गते मतदान हुने • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • जुम्लाको गुठिचौर गाउँपालिका गज्यांकोटमा जेठ १ गते मतदान हुने

जुम्लाको गुठिचौर गाउँपालिका गज्यांकोटमा जेठ १ गते मतदान हुने

  • समाचारपाटी
  • शनिबार, बैशाख ३१, २०७९
जुम्लाको गुठिचौर गाउँपालिका गज्यांकोटमा जेठ १ गते मतदान हुने

जुम्ला । गुठिचौर गाउँपालिका-३ गज्यांकोटको शंकर माध्यामिक विद्यालयमा रहेको मतदान केन्द्रमा जेठ १ गते पुन: मतदान हुने भएको छ ।

प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंका अनुसार जिल्लामा मुख्य निर्वाचन अधिकृतको अध्यक्षतामा बसेको बैठकले जेठ १ गते निर्वाचन गर्ने निर्णय गरेको हो ।

मतदानस्थलमा ढुंगामुढा भएपछि सर्वदलीय वैठक बसेर निर्वाचन स्थगित गरिएको थियो । १ हजार ७ मतदात रहेको यो केन्द्रमा ३ सय २० खसेपछि झडप भएको थियो ।

गुठिचौर गाउँपालिका निर्वाचन अधिकृत शम्भु गौतमका अनुसार मतदान केन्द्रमा ढुंगामुडा, हुलदंगासहित मतपत्र च्यातिएपछि मतदान अर्को सूचना नहुँदासम्मका लागि सो केन्द्रमा स्थगित गरिएको थियो ।

स्थगित भएको केन्द्रबाहेक जुम्लामा ७६.८३ प्रतिशत मत खसेको छ ।

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका