फेदीखोला -५ बागेमा काङ्ग्रेसकाे ३ उम्मेदवार र एमाले को १ उम्मेदवार बिजयी • Nepal's Trusted Digital Newspaperफेदीखोला -५ बागेमा काङ्ग्रेसकाे ३ उम्मेदवार र एमाले को १ उम्मेदवार बिजयी • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • फेदीखोला -५ बागेमा काङ्ग्रेसकाे ३ उम्मेदवार र एमाले को १ उम्मेदवार बिजयी

फेदीखोला -५ बागेमा काङ्ग्रेसकाे ३ उम्मेदवार र एमाले को १ उम्मेदवार बिजयी

  • समाचारपाटी
  • शनिबार, बैशाख ३१, २०७९
फेदीखोला -५ बागेमा काङ्ग्रेसकाे ३ उम्मेदवार र एमाले को १ उम्मेदवार बिजयी

सुनिता कार्की,  स्याङ्गजा ।  स्याङ्गजा फेदीखोला पालिका-५ बागे मा नेपाली काँग्रेस को तर्फ बाट वडा अध्यक्ष सहित ३ उम्मेदवार र नेकपा एमाले को तर्फ बाट १ उम्मेदवार बिजयी हुनु भएको छ ।

स्याङ्गजा फेदीखोला पालिका-५ बागे मा गाउपालिका पालिका नेकपा अध्यक्षका उम्मेदवार घनश्याम सुवेदिले ३ सय ८१ मत ल्याउनुभएकाे छ भने, नेपालि काँग्रेसका अध्यक्षका उम्मेदवार बद्री बरालले ३ सय ६१ मत ल्याउनुभएकाे छ । फेदीखोला पालिका वडा -५ बागे मा अध्यक्ष उम्मेदवार काे बीच २० मतकाे अन्तरले  नेकपा अध्यक्षका उम्मेदवार घनश्याम सुवेदिकाे अग्रता रहेकाे छ ।

फेदीखोला पालिका-५ बागेमा  नेकपा उपाध्यक्ष उम्मेदवार देउकुमारी गुरूङ (चिजा)ले ४ सय ६९ मत ल्याउनुभएकाे छ भने गठबन्धन  माओवादि केन्द्रका उपाध्यक्ष उम्मेदवार शिव पराजुलीले २ सय २८ मत ल्याउनुभएकाे छ । उपाध्यक्ष उम्मेदवार बीच १ सय ८८ मतकाे अन्तर रहेकाे छ । नेकपा उपाध्यक्ष उम्मेदवार देउकुमारी गुरूङ काे अग्रता रहेकाे छ ।

फेदीखोला पालिका-५ बागे मा नेकपाका उम्मेदवार वडाध्यक्ष माभव शर्मा सुवेदिले ३ सय ५९ मत ल्याउनुभएकाे छ भने काँग्रेस उम्मेदवार  डिल बहादुर गुरूङले ४ सय मत ल्याउनुभएकाे छ। ५१ मतले काँग्रेस उम्मेदवार गुरूङ विजयी हुनुभएकाे छ ।

खुल्ला सदस्य तर्फ काँग्रेस उम्मेदवारले थम्मन बहादुर क्षेत्रीले ४ सय २२ मत ,कमल बहादुर क्षेत्रीले ३ सय ८० मत ल्याउनुभएकाे छ । खुल्ला सदस्य एमाले तर्फ पदम बहादुर क्षेत्रीले ३ सय ६६ मत , नन्द बहादुर गुरूङले ३ सय ४१ मत ल्याउनुभएकाे छ। खुल्ला सदस्य तर्फ पनि काँग्रेस उम्मेदवार विजयी हुनुभएकाे छ ।

दलित महिला सदस्य काँग्रेस उम्मेदवारले सरिता दर्जीले ३ सय ५४ र एमाले उम्मेदवार काैशिला परियारले ३ सय ७९ मत ल्याउनुभएकाे छ ।दलित महिला सदस्य २५ मतले एमाले उम्मेदवार काैशिला परियार विजयी हुनुभएकाे छ ।

महिला सदस्य काँग्रेस उम्मेदवार पार्वति क्षेत्रीले ३ सय ८५ मत र महिला सदस्य एमाले उम्मेदवार युग कुमारी पाध्याले ३ सय ७९ मत ल्याउनुभएकाे छ ।

 

आजको ट्रेन्डिङ समाचार

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका