स्याङ्गजा हरिनास १ मा नेपाली काँग्रेस नेपाली काँग्रेसका गुरुङ विजय • Nepal's Trusted Digital Newspaperस्याङ्गजा हरिनास १ मा नेपाली काँग्रेस नेपाली काँग्रेसका गुरुङ विजय • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • स्याङ्गजा हरिनास १ मा नेपाली काँग्रेस नेपाली काँग्रेसका गुरुङ विजय

स्याङ्गजा हरिनास १ मा नेपाली काँग्रेस नेपाली काँग्रेसका गुरुङ विजय

  • समाचारपाटी
  • शनिबार, बैशाख ३१, २०७९
स्याङ्गजा हरिनास १ मा नेपाली काँग्रेस नेपाली काँग्रेसका गुरुङ विजय

स्याङ्जा । स्याङ्गजा हरिनास १ मा नेपाली काँग्रेसका ईन्द्र बहादुर गुरुङ वडा अध्यक्षमा निर्वाचित हुनु भएको छ । उहाँले ८ सय ०४ मत ल्याउनु भएको छ भने नेकपा एमालेका मिलनराज श्रेष्ठले ५ सय ४२ मत ल्याउनु भएको छ ।

यो पालिकामा काँग्रेस र माओवादी केन्द्र बिच पूर्ण रुपमा गठबन्ध्न भएको छ । त्यस्तै सदस्यहरुमा गठबन्धनका तर्फबाट लक्ष्मी बिक ८ सय २३ मत देवीमाया दर्जीले ८ सय ९ मत, तेज बहादुर थापाले ७ सय ६५ र प्रेम बहादुर मानन्धरले ८ सय ३ मत ल्याई बिजयी हुनु भएको छ ।

यस्तै पालिका अध्यक्ष उपाध्यक्षमा पनि गठबन्धन कै अग्रता रहेको छ । गठबन्धनका तर्फबाट अध्यक्षमा काँग्रेसले ८ सय ३१ मत र एमालेले ५ सय १८ मत ल्याएको हो । अन्य वडाको गणना भने चल्दै छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका