छ प्रदेशका केहि स्थानमा चटयाङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना • Nepal's Trusted Digital Newspaperछ प्रदेशका केहि स्थानमा चटयाङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • छ प्रदेशका केहि स्थानमा चटयाङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना

छ प्रदेशका केहि स्थानमा चटयाङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना

  • समाचारपाटी
  • शनिबार, बैशाख ३१, २०७९
छ प्रदेशका केहि स्थानमा चटयाङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना

हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको छ। हाल देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही प्रदेश १, मधेश प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश का थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश नं १, बागमती प्रदेशमा, गण्डकी प्रदेश र अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुका साथै मधेश प्रदेश तथा कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चटयाङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीमा भने प्रदेश नं १ लगायत देशका अन्य प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश नं १, मधेश प्रदेश तथा बाग्मती प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चटयाङ्गसहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका