पोखरा । स्याङ्जाको वालिङ–१४ अर्खलबासमा मतदाता बोकेको जीप दुर्घटनामा १४ जनाको ज्यान गएको थियो। शुक्रबार वालिङ– १४ को सिख्रेबाट तिवारीपसलतर्फ आउँदै गरेको ग२च ३०२६ नम्बरको को जीप पञ्चमूल अर्खलबासस्थित भित्री सडकखण्डमा अनियन्त्रित भई सडकबाट खस्दा जीपमा सवारमध्ये १४ जनाको मृत्यु भएको थियो।
वालिङ नगरपालिका–१४ सिख्रेबाट मतदानस्थलसम्म पुग्न करिब ४५ मिनेट लाग्थ्यो । वालिङ नगरपालिका–१४ पञ्चम अर्खलबासस्थित भित्री सडक खण्डमा सिख्रेबाट तिवारी पसलतर्फ झर्दैै गर्दा ग २ च ३०२६ नम्बरको जिप अनियन्त्रित भई सडकबाट ५०० मिटर तल खसेको थियो । उक्त दुर्घटनामा मृत्यु हने सबै एकै वडाका हुन् ।
गण्डकी अस्पताल पोखरामा उपचाररत स्याङ्जा दुर्घटनाका घाइतेहरु मतदान गर्न हिँडेकाहरु मत दिन त पाएनन् नै दुर्घटनामा ज्यानै गुमाउनुपर्यो । अहिले वालिङको १४ नम्बर वडा शोकमा छ । जिपमा प्रायः महिलालाई पठाएर पुरुषहरु भने हिँडेरै जाने सल्लाह गरेका थिए ।
दुर्घटनामा मृत्यु हुनेहरुमा ६३ वर्षीया माया पुन, ९ वर्षीय प्रवीण कुँवर, ५० वर्षीय कुलदीप कुँवर, ५० वर्षीय डेमकुमारी कुँवर, ८६ वर्षीय हरिकला कुँवर, ५० वर्षीय टेककला कुँवर, २५ वर्षीया जमुना कुँवर, ७० वर्षीया मुवाकुमारी कुँवर, ७० वर्षीया भीमकला कुँवर, ४३ वर्षकी पोटकुमारी कुँवर रहेका छन् ।
त्यस्तै ४२ वर्षीया ज्ञानदली कुँवर, ५० वर्षीया मीना कुँवर र १४ वर्षीया फुलदेवी कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी रवीन्द्र खनालले जानकारी दिनुभयाे । दुर्घटनामा घाइते भएका ११ जनाको पोखराको गण्डकी अस्पतालमा उपचार भइरहेको छ ।