काठमाडौं । देशभर पछिल्लो २४ घन्टामा ७ जना कोराना संक्रमित थपिएका छन्। आज काेराेना संक्रमणबाट कसैकाे पनि मृत्यु भएकाे छैन् । पछिल्लो २४ घन्टामा १ हजार १ सय ४८ जनाकाे पिसिआर परीक्षण गर्दा ७ जना र २ सय ८९ जनाकाे एनटिजेन परीक्षण गर्दा ० जना गरी ४ जना नयाँ काेराेना संक्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ जना कोरोना संक्रमण मुक्त भएका छन्। यस्तै हालसम्म देशभर १ सय ६४ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।
देशभर काेराेना संक्रमणबाट मुक्त हुनेकाे संख्या ९ लाँख ६६ हजार ८ सय ७३ रहेकाे छ भने मृत्यु हुनेकाे संख्या ११ हजार ९ सय ५२ पुगेकाे छ ।