मतगणना आजैबाट सुरु हुने, कपिलवस्तु र दाङमा आज मतदान भएन • Nepal's Trusted Digital Newspaperमतगणना आजैबाट सुरु हुने, कपिलवस्तु र दाङमा आज मतदान भएन • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • मतगणना आजैबाट सुरु हुने, कपिलवस्तु र दाङमा आज मतदान भएन

मतगणना आजैबाट सुरु हुने, कपिलवस्तु र दाङमा आज मतदान भएन

  • समाचारपाटी
  • शुक्रबार, बैशाख ३०, २०७९
मतगणना आजैबाट सुरु हुने, कपिलवस्तु र दाङमा आज मतदान भएन

काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणना आजैबाट सुरु हुने निर्वाचन आयोगले जनाएको छ । मतदान सकिएलगत्तै मुचुल्का उठाएर मतपेटिका मतगणनास्थलसम्म पुर्याउने र सर्वदलीय बैठकको निर्णयपछि आजैबाट गणना सुरु हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयाे ।

निर्वाचन आयोगले आज बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदानको समय निर्धारण गरेको छ । कतिपय स्थानमा पूर्वनिर्धारित समयभन्दा ढिलो मतदान सुरु भएको छ । ती स्थानहरुमा ५ बजेभित्र मतदान स्थलमा प्रवेश गरिसकेकाहरुले मतदान गर्न पाउने आयोगका निर्वाचन अधिकृतहरुले जानकारी दिनुभएकाे छ ।

कपिलवस्तुको महाराजगञ्ज नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिका वडा न १७ मा भने आज मतदान भएको छैन । महाराजगञ्जमा उपमेयरको उम्मेदवार र तुलसीपुर–१७ मा वडा अध्यक्षका उम्मेदवारको मृत्यु भएकाले आज मतदान नभएको हो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका