अछामका दुई ठाउँमा मतदान स्थगित • Nepal's Trusted Digital Newspaperअछामका दुई ठाउँमा मतदान स्थगित • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • अछामका दुई ठाउँमा मतदान स्थगित

अछामका दुई ठाउँमा मतदान स्थगित

  • समाचारपाटी
  • शुक्रबार, बैशाख ३०, २०७९
अछामका दुई ठाउँमा मतदान स्थगित

अछामका दुई ठाउँमा मतदान स्थगित भएको छ। पञ्चदेवल विनायक नगरपालिका-५ लयाटीमा स्वतन्त्र उम्मेदवार पक्ष र कांग्रेस माओवादी गठबन्धनका उम्मेदवारबीच झडप भएपछि मतदान स्थगित भएको हो।

लयाटीमा भएको झडपमा मतपेटिका तोडफोड गरेर मतपत्र च्यातिएका छन् भने चारजना घाइते भएका छन्।

यस्तै साँफेबगर नगरपालिका- १३ बाब्लामा पनि मतदान स्थगित भएको छ। कांग्रेस-नेकपा एकीकृत समाजवादी गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच विवाद भएको हो।

मतदान सञ्चालन गर्ने विषयमा अहिले सर्वदलीय बैठक बसिरहेको छ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका