काभ्रेको पाँचखाल नगरपालिकामा मतदानस्थल तोडफोड • Nepal's Trusted Digital Newspaperकाभ्रेको पाँचखाल नगरपालिकामा मतदानस्थल तोडफोड • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • काभ्रेको पाँचखाल नगरपालिकामा मतदानस्थल तोडफोड

काभ्रेको पाँचखाल नगरपालिकामा मतदानस्थल तोडफोड

  • समाचारपाटी
  • शुक्रबार, बैशाख ३०, २०७९
काभ्रेको पाँचखाल नगरपालिकामा मतदानस्थल तोडफोड

काठमाडौं । काभ्रे जिल्लाको पाँचखाल नगरपालिका–१३ कोसिदेखामा नेकपा (एमाले) र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । झडपका कारण मतदानस्थलमा तोफोड भएको छ ।

जिल्ला प्रहरी काभ्रेले दिएको जानकारी अनुसार मतदान अधिकृतले एकै व्यक्तिलाई एकभन्दा बढी मतपत्र दिन खोजेपछि झडप भएको हो । झडपकै क्रममा मतदानस्थल तोडफोड भएको हो ।

जिल्लाको तिमाल गाउँपालिकामा मतदान रोकिएको प्रहरीले जनाएको छ । चौरीदेउरालीमा रोकिएको मतदान सुरु गर्न छलफल भइरहेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका