सर्लाहीमा मतदान अधिकृत पक्राउ • Nepal's Trusted Digital Newspaperसर्लाहीमा मतदान अधिकृत पक्राउ • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • सर्लाहीमा मतदान अधिकृत पक्राउ

सर्लाहीमा मतदान अधिकृत पक्राउ

  • समाचारपाटी
  • शुक्रबार, बैशाख ३०, २०७९
सर्लाहीमा मतदान अधिकृत पक्राउ

सर्लाहीको बलरामा मतदान अधिकृतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बलरा नगरपालिका–३ स्थित मतदान केन्द्रमा खटिएका मतदान अधिकृत राज किशोर साहलाई अमूक पार्टीको चुनाव चिन्हमा मतदान गर्न सिकाएको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

पुरानो गाविस भवन मतदान केन्द्रमा खटिएका साहले मतदातालाई मतदान गर्न सिकाएको प्रहरीको भनाई छ । उक्त स्थानमा सर्वपक्षीय छलफल गरेर विवाद समाधान गर्ने र पुनः मतदान सुरु गर्ने प्रयास भईरहेको मुख्य अधिकृतको कार्यलय सर्लाहीले जनाएको हो । पक्राउ परेका मतदान अधिकृत साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने उक्त स्थानमा मतदान स्थगित भएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका