तनहुँको एक होटलमा १५ वर्षीया किशोरी बलात्कृत • Nepal's Trusted Digital Newspaperतनहुँको एक होटलमा १५ वर्षीया किशोरी बलात्कृत • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • तनहुँको एक होटलमा १५ वर्षीया किशोरी बलात्कृत

तनहुँको एक होटलमा १५ वर्षीया किशोरी बलात्कृत

  • समाचारपाटी
  • शुक्रबार, बैशाख ३०, २०७९
तनहुँको एक होटलमा १५ वर्षीया किशोरी बलात्कृत

तनुहँमा एक जना १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।

उनलाई बलात्कार गरेको अभियोगमा शुक्लागण्डकी नगरपालिका–६ बस्ने १९ वर्षीय रोशन मगरलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

सोही नगरपालिका–४ दुलेगौडास्थित होटल एण्ड लजमा मगरले ती किशोरीलाई बुधबार राति बलात्कार गरेको प्रहरीले जनाएको छ ।

बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय वेलचौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका