थवाङ झडपपछि सम्पर्कविहीन भएका अझै भेटिएनन् • Nepal's Trusted Digital Newspaperथवाङ झडपपछि सम्पर्कविहीन भएका अझै भेटिएनन् • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • थवाङ झडपपछि सम्पर्कविहीन भएका अझै भेटिएनन्

थवाङ झडपपछि सम्पर्कविहीन भएका अझै भेटिएनन्

  • समाचारपाटी
  • शुक्रबार, बैशाख ३०, २०७९
थवाङ झडपपछि सम्पर्कविहीन भएका अझै भेटिएनन्

रोल्पाको थवाङमा बिहीबार राति भएको झडपमा परी सम्पर्कविहीन भएका दुई जना अझै भेएिका छैनन् ।

थवाङ गाउँपालिका–४ उवा टिकरीबाङमा झडपमा परी थवाङ गाउँपालिका– ४ तेलखोलाका २५ वर्षीय रमन घर्तीमगर र सोही ठाउँका २४ वर्षीय विस्तार घर्तीमगर सम्पर्कमा नआएको प्रहरीले जनाएको छ ।

माओवादी केन्द्र र एमाले–कांग्रेस गठबन्धनका कार्यकर्ताहरुबीच झडप भएपछि यी दुई जना सम्पर्कविहीन भएका थिए ।

उनीहरु आफन्तको सम्पर्कमा पनि नरहेको र खोजीकार्य भइरहेको जिल्ला प्रहरी प्रमुख विनोद घिमिरेले बताए ।

घटनापछि थवाङ– ४ तेलखोलाका साज्जन घर्ती र सोही ठाउँका बुद्धि रोकामगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरु माओवादी कार्यकर्ताहरु हुन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका