हुम्लामा घाइते भएका मतदान अधिकृतसहित तीनजनाकाे हेलिकाेप्टरबाट उद्धार • Nepal's Trusted Digital Newspaperहुम्लामा घाइते भएका मतदान अधिकृतसहित तीनजनाकाे हेलिकाेप्टरबाट उद्धार • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • हुम्लामा घाइते भएका मतदान अधिकृतसहित तीनजनाकाे हेलिकाेप्टरबाट उद्धार

हुम्लामा घाइते भएका मतदान अधिकृतसहित तीनजनाकाे हेलिकाेप्टरबाट उद्धार

  • समाचारपाटी
  • शुक्रबार, बैशाख ३०, २०७९
हुम्लामा घाइते भएका मतदान अधिकृतसहित तीनजनाकाे हेलिकाेप्टरबाट उद्धार

हुम्लाको चंखेली गाउँपालिका-२ स्थित महादेव मतदान केन्द्रमा ढुंगाले लागेर घाइते भएका मतदान अधिकृतसहित तीनजनालाई हेलिकाेप्टरबाट उद्धार गरिएको छ ।

झडपमा परी मतदान अधिकृत कृष्णप्रसाद आचार्य, कार्यालय सहयोगी काला रावत र अर्का एक स्थानीय घाइते भएका थिए ।
घाइते भएका कार्यालय सहयोगी काला रोकायलाई उद्धार गरी उपचारका लागि सुर्खेत लगिएको हुम्लाकी प्रमुख जिल्ला अधिकारी सीता परियारले बताइन् ।
गठबन्धन र स्वतन्त्र पक्षबीचको झडपमा मतदान अधिकृतसहित तीनजना घाइते भएका थिए । झडपपछि प्रहरीले आठ राउन्ड अश्रुग्यास प्रहार गरेका छन् । अहिले मतदान रोकिएको छ ।

सेनाले देशका सात ठाउँमा आपतकालीन उद्धारका लागि सैनिक टाेली खटाएकाे सैनिक प्रवक्त्ता नारायण सिलवालले बताए ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका