स्याङ्जाको वालिङ नगरपालिका १४ मा जिप दुर्घटनामा परेको छ । स्थानीय प्रकाश डुम्रेका अनुसार मतदानका लागि केन्द्रतर्फ जाँदै गरेको गाडी दुर्घटनामा परेको हो ।
स्थानीयको भनाइ उद्धृत गर्दै उनले दिएको जानकारीअनुसार कम्तिमा चारजनाको मृत्यु भएको छ भने ठूलै संख्यामा हताहत भएको अनुमान छ । अहिले प्रहरी घटनास्थलतर्फ पुग्दै गरेको उनले जानकारी दिए ।