रुसी हमलामा युक्रेनको नेसनल गार्डका ५६० भन्दा बढी मारिएः युक्रेन • Nepal's Trusted Digital Newspaperरुसी हमलामा युक्रेनको नेसनल गार्डका ५६० भन्दा बढी मारिएः युक्रेन • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • रुसी हमलामा युक्रेनको नेसनल गार्डका ५६० भन्दा बढी मारिएः युक्रेन

रुसी हमलामा युक्रेनको नेसनल गार्डका ५६० भन्दा बढी मारिएः युक्रेन

  • समाचारपाटी
  • शुक्रबार, बैशाख ३०, २०७९
रुसी हमलामा युक्रेनको नेसनल गार्डका ५६० भन्दा  बढी मारिएः युक्रेन

युक्रेनमाथि भएको रुसी हमलामा युक्रेनको नेसनल गार्डका ५६० भन्दा बढी सेना मारिएका छन् । मारिनेमा हाल मारिओपोलको स्टिल कारखानामा रहेका रेजिमेन्ट पनि रहेका गार्डका नेताले जनाएका छन् ।
२४ फेब्रुवरीमा आक्रमण सुरु भएदेखि ५६१ जना मारिएकाबाहेक थप १६९७ सैनिकहरू घाइते भएका नेसनल गार्डका प्रमुख ओलेक्सी नाडटोचीले एउटा अनलाइन ब्रिफिङ भने ।

रुसी हमलामा मारिनेको संख्याबारे दुबै देश मौन रहेका बेला युक्रेनी पक्षबाट आफ्ना मारिने सेनाको तथ्यांक सार्वजनिक भएको हो ।
युक्रेनी र रुसी अधिकारीहरू क्षतिबारे खासै खुलेका छैनन् ।

युक्रेनी अधिकारीहरूले युद्धमा मारिएका सेनाहरूको बारेमा तथ्यांकबारे विरलै जारी गरेका छन् न त किभको रक्षा मन्त्रालय र मस्कोले सैन्य क्षतिको बारेमा कुनै जानकारी प्रदान गरेका छन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका