काठमाडौं । बिहीबार सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ। छापावाला सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेकाे छ ,भने चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९७ हजार ८ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा १२ सय ५० रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको मूल्य तोलामा ९७ हजार ३ सय रुपैयाँ तोकिएको छ ।
बुधबार तोलामा एकैदिन सुनको मूल्य एक हजार रुपैयाँले घटेको थियो । सो दिन छापावाल सुनको मूल्य ९७ हजार र तेजावी सुनको मूल्य ९६ हजार पाँच सय रुपैयाँ तोकिएको थियो ।