काठमाडौं । देशभर पछिल्लो २४ घन्टामा ४ जना कोराना संक्रमित थपिएका छन्। आज काेराेना संक्रमणबाट कसैकाे पनि मृत्यु भएकाे छैन् । पछिल्लो २४ घन्टामा २ हजार ४ सय ६३ जनाकाे पिसिआर परीक्षण गर्दा ४ जना र ३ सय ५४ जनाकाे एनटिजेन परीक्षण गर्दा ० जना गरी ४ जना नयाँ काेराेना संक्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घन्टामा २ हजार ८ सय १७ जनामा कोरोना परिक्षण भएकाे छ भने १८ जना कोरोना संक्रमण मुक्त भएका छन्।
यस्तै पछिल्लो २४ घन्टामा २१ हजार १ सय ७९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। हालसम्म देशभर १ सय ७३ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।
देशभर काेराेना संक्रमणबाट मुक्त हुनेकाे संख्या ९ लाँख ६६ हजार ८ सय ५७ रहेकाे छ भने मृत्यु हुनेकाे संख्या ११ हजार ९ सय ५२ पुगेकाे छ ।