बिल गेट्सलाई कोरोना संक्रमण • Nepal's Trusted Digital Newspaperबिल गेट्सलाई कोरोना संक्रमण • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • बिल गेट्सलाई कोरोना संक्रमण

बिल गेट्सलाई कोरोना संक्रमण

  • समाचारपाटी
  • बुधबार, बैशाख २८, २०७९
बिल गेट्सलाई कोरोना संक्रमण

न्युयोर्क । माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सलाई कोरोना संक्रमण भएको छ। उहाँले सामाजिक सञ्जालमार्फत् आफूलाई कोरोना सङ्क्रमण भएको जानकारी दिनुभएकाे छ।

उहाँले निवासमा क्वारेन्टीन बसेको र आवश्यक परीक्षण र चिकित्सा उपचार लिइरहेको बताउनुभएकाे छ। उहाँले कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाएको उल्लेख गर्नुभएकाे छ।

‘मलाई कोभिड-१९ को सङ्क्रमण पुष्टि भएको छ। अहिले मलाई कोभिडका हल्का लक्षणहरू देखिएको अनुभव गर्दैछु। म फेरि स्वस्थ नभएसम्म अलग्गै रहेर विशेषज्ञहरूको सल्लाह पालना गर्दैछु, समाचार एजेन्सीसँग उहाँले भन्नुभएकाे छ।

उहाँ आफ्नो बिल एण्ड मेलिन्दा गेट्स फाउन्डेशनसँग कोभिड-१९ निदान, उपचारात्मक र खोप वितरणको विश्वव्यापी प्रयासमा सक्रिय सहभागी हुनुभएकाे थियाे।

एजेन्सी

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका