काठमाडौं । नेपालले युगान्डासँग ५ ओटा टी-२० सिरिज खेल्ने भएको छ। नेपाल क्रिकेट संघ(क्यान)ले बुधबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपाली राष्ट्रिय महिला क्रिकेट टोली युगान्डाको महिला टोलीसँग सिरिज खेल्न लागेको हो।
क्यानका अनुसार नेपालले सबै खेल कीर्तिपुरस्थिति त्रिवि क्रिकेट मैदानमा खेल्नेछ। खेल १६ मे देखि २१ मे सम्म हुनेछ।