१ हजार रूपैयाँले घट्याे सुनको मूल्य • Nepal's Trusted Digital Newspaper१ हजार रूपैयाँले घट्याे सुनको मूल्य • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • १ हजार रूपैयाँले घट्याे सुनको मूल्य

१ हजार रूपैयाँले घट्याे सुनको मूल्य

  • समाचारपाटी
  • बुधबार, बैशाख २८, २०७९
१ हजार रूपैयाँले घट्याे सुनको मूल्य

काठमाडौं । आज सुनको मूल्य १ हजार रुपैयाँले घटेको छ। बुधबार सुनको मूल्य ताेलामा १ हजार रूपैयाँले घटेकाे छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य १ हजार रूपैयाँले घटेर प्रतितोला ९७ हजार रुपैयाँ कायम भएको छ।  यस्तै तेजावी सुनको मूल्य ९६ हजार ५ सय  रुपैयाँ कायम गरिएको छ।

अघिल्लो कारोबार दिन मंगलबार छापावाल सुनको मूल्य ७ सयले घटेर तोलाको ९८ हजारमा किनबेच भएको थियो। तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय  कायम गरिएको थियो। सुनको मूल्य घटेसँगै  चाँदीकाे मुल्य पनि सस्तिएको छ। आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेर १२ सय ४५ कायम गरिएको महासंघले जनाएको छ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका