पोखरा । स्थानीय तहको निर्वाचनको प्रचार प्रसारको मौन अवधी सुरु हुन केही घण्टा मात्रै बाँकी रहदा पोखरामा एमाले प्रवेशको क्रम जारी छ । यसैबीच सो महानगरको वडा न ३३ मा एमाले प्रवेश गर्ने क्रम रोकिएको छैन । सो वडाका नेपाली काँग्रेसका पुराना कार्यकर्ता श्रीकृष्ण नेपालीसहित ४ दर्जन युवा एमाले प्रवेश गर्नुभएकाे छ । यसरी प्रवेश गर्नेहरु आपुकसेरी तल्लो पुडि, छप्ल्याङ लगाएतका स्थानका युवा रहेको साविक भरत पोखरी गाविसका अध्यक्ष तथा एमाले पोखरा महानगर कमिटी सदस्य गोपाल पुनले बताउनुभयाे ।
उहाँहरुलाई नेकपा एमालेका केन्द्रीय सदस्य भिम कार्की, केन्द्रीय सदस्य विद्या भट्टराई, प्रदेश उपसचिव रश्मि आचार्य लगायले उक्त वडाको चुनावी आमसभामा स्वागत गर्नुभएकाे थियाे । कार्यक्रममा बोल्दै सो पार्टीका स्थायी कमिटी सदस्य एवं संगठन विभाग प्रमुख खगराज अधिकारीले ऐतिहासिक बिरासत बोकेको सो वडाबाट एमालेको विजय सुनिस्चित भैसकेको जिकिर गर्नुभयाे । उहाँले रुप फेरेर जनतासंग आउनेदेखि भरतपोखरीवासी सतर्क भइसकेको विशाल जन सहभागिताले पुष्टि गरेको बताउनुभएकाे छ ।
एमाले केन्द्रीय सदस्य भिम कार्कीले जनताबाट स्वीकृत हुन कामै गर्नुपर्ने भन्दै एमालेका विकासका अभियन्तालाइ जिताउन आग्रह गर्नुभयाे ।
अर्का केन्द्रीय सदस्य विद्या भट्टराईले एमालेले गरेको विकास सबैका लागि भएकाले विकास गर्ने पार्टीदेखि कोही पार्टी नआत्तिन आग्रह गर्दै विकासका काम नै एमालेको परिचय भएको उल्लेख गर्नुभयाे ।
मेयर पदका उमेदवार कृष्ण थापाले सो वडालाई पूर्ण भौतिक पूर्वाधार सहितको समृद्ध वडा बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयाे ।
उप मेयर पदका उमेदवार मन्जुदेवी गुरुङले सो वडामा अघिल्लो कार्यकालमा सुरु भएका विकासका योजनाको चर्चा गर्दै अब केही नयाँ योजना सहित लागि पर्ने उल्लेख गर्नुभयाे । एमाले प्रदेश उपसचिव रश्मि आचार्यले भरत पोखरीको एमालेको विरासत झन्झन् उँचो हुने भन्दै सम्पूर्ण स्थानीयको रहर लाग्दो साथ नै यसमा काफी भएको उल्लेख गर्नुभयाे । चुनावी सभामा सो वडाका पूर्वसचिव बसन्तराज आचार्य, पूर्व गाविस अध्यक्ष गोपाल पुन, युवा नेताद्वय श्रीधर पौडेल, ऋषिराज आचार्य, खुल्ला सदस्य पदका उमेद्वार, बिनोद भण्डारी, अध्यक्ष पदका शिवप्रसाद आचार्य, एमाले ३३ का उपसचिव रमेशराज आचार्य, प्रेस चौतारी नेपाल लेखा आयोग उपाध्यक्ष रामजीप्रसाद लम्साल लगाएतले बोल्नुभएकाे थियाे । सो वडा कमिटी अध्यक्ष दीपक लामिछनेको अध्यक्षतामा सम्पन्न चुनावी सभामा सयौंको संख्यामा जनसहभागिता थियो ।