'दुखमा साथ दिन्छौं, सुखमा तपाइँहरुसँगै रमाउँछौं’ :- तोरण बानियाँ • Nepal's Trusted Digital Newspaper'दुखमा साथ दिन्छौं, सुखमा तपाइँहरुसँगै रमाउँछौं’ :- तोरण बानियाँ • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘दुखमा साथ दिन्छौं, सुखमा तपाइँहरुसँगै रमाउँछौं’ :- तोरण बानियाँ

‘दुखमा साथ दिन्छौं, सुखमा तपाइँहरुसँगै रमाउँछौं’ :- तोरण बानियाँ

  • समाचारपाटी
  • मङ्लबार, बैशाख २७, २०७९
‘दुखमा साथ दिन्छौं, सुखमा तपाइँहरुसँगै रमाउँछौं’ :- तोरण बानियाँ

पोखरा। नेकपा एमाले पोखरा –१५ ले गलेश्वर स्थित शिवशक्ती टोलमा कोण सभाको आयोजना गरेको छ । कोण सभालाई सम्बोधन गर्दै पोखरा –१५ का वडा अध्यक्ष पदका उम्मेदवार तोरण बहादुर बानियाँले “मनमा इमान्दारी, हृदयमा समझदारी, समग्र वडा नं –१५ को विकासको प्रगति हामी सबैको जिम्मेवारी“ भन्ने नारा अनुरुप आसन्न निर्वाचनमा वडाको विकासका लागि सूर्य चिन्ह लिएर आएको बताउनुभयाे । उहाँले यस क्षेत्रमा आफू र आफ्नो टीम नयाँ र नौलो नाम नभएको भन्दै हिजोका दिनहरुमा धेरै योगदानहरु दिएको बताउनुभयाे । उहाँले आफू वडा सदस्यमा निर्वाचित भएपछि पनि यस क्षेत्रमा धेरै विकासका कामहरु गरेको दाबी गर्नुभयाे।

बानियाँले वडा नं –१५ लाई सु–सभ्य नागरिक बस्ने उदाहरणिय वडा बनाउने अभियानमा लागेको भन्दै आफूहरु पाँचै जनासहित मेयर र उपमेयर पदका उम्मेदवारलाई भोट दिन आग्रह गर्नुभयाे। उहाँले उपस्थित टोलवासीसँग दुखःमा पनि साथ दिन्छौं, सुखमा तपाइँसँगै रमाउँछौं भन्दै हरेक अप्ठेरो अवस्थामा सँगै रहेर आफ्नो वडालाई राम्रो वडा र समृद्ध वडा बनाउन लागि पर्ने बताउनुभयाे।

यस्तै, शिवशक्ती टोल समितिका अध्यक्ष नेत्र बहादुर रेग्मीले टोलवासीका लागि वडाले सडक र बिजुली सुविधा दिएको भएपनि आफ्नो स्वामित्वको लालपूर्जाको खाँचो रहेको बताउनुभयाे। “अरु हामीलाई पुगेकै छ, अब हामीलाई आफ्नो स्वामित्वको लालपूर्जा चाहियो। “ उहाँले भन्नुभयाे।

रेग्मीले आफ्नो टोलमा अहिले बोरिङको पानी मात्र उपलव्ध भएकोमा छिट्टै सरकारी पानी पिउन पाउने आशा व्यक्त गर्नुभयाे।

पोखरा महानगरपालिका वडा नं –१५ बाट स्थानीय तहको चुनावी मैदानमा अध्यक्ष पदका लागि बानियाँसँगै खुल्ला सदस्य पदमा युवा उम्मेदवार तथा समाजसेवी, गलेश्वर युवा क्लबका संस्थापक आशिष भण्डारी, मजदुर आन्दोलनमा जीवनको लामो समय व्यतित गरेका सदस्य पदका वलराम पौडेल, भूमि आन्दोलनकी केन्द्रिय सदस्य सेतीमाया गुरुङ र दलित महिला सदस्यमा २०७४ सालमा निर्वाचित भएर पुनः उम्मेदवारी दिएकी मन्दिरा परियार छन्।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका