पर्वत फलेवासमा गठबन्धनवाट उपमेयरकाे उमेदवार शोभा क्षेत्रीकाे संघर्षको एउटा कथा • Nepal's Trusted Digital Newspaperपर्वत फलेवासमा गठबन्धनवाट उपमेयरकाे उमेदवार शोभा क्षेत्रीकाे संघर्षको एउटा कथा • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • पर्वत फलेवासमा गठबन्धनवाट उपमेयरकाे उमेदवार शोभा क्षेत्रीकाे संघर्षको एउटा कथा

पर्वत फलेवासमा गठबन्धनवाट उपमेयरकाे उमेदवार शोभा क्षेत्रीकाे संघर्षको एउटा कथा

  • समाचारपाटी
  • मङ्लबार, बैशाख २७, २०७९
पर्वत फलेवासमा गठबन्धनवाट उपमेयरकाे उमेदवार शोभा क्षेत्रीकाे संघर्षको एउटा कथा

पर्वत ।  स्थानिय तहकाे निर्वाचन २०७९ मा फलेवास नगरपालिकाको उपमेयर पदको उमेदवार शोभा क्षेत्री घरदैलो,भेटघाट र कोण सभामा व्यस्थ हुनुहुन्छ । उहाँ नेकपा माओवादि केन्द्र फलेवास नगरकमिटि अध्यक्ष हुनुहुन्छ, अहिले गठवन्धनको तर्फवाट फलेवास नगरपालिका को उपमेयरको उमेदवार हुनुहुन्छ ।

मेयरका उमेदवार गंगा तिवारी लगाएत नेता कार्यकर्ता अहिले फलेवासका विभिन्न ठाँउमा घरदैलो र कोण सभामा आफुलाई जिताउन मत मागिरहनुभएकाे छ ।  उपमेयरको उमेदवार शोभा क्षेत्रीले आफुले फलेवासको विकास गर्नका लागि आफु सधै सेवामा सर्मपित हुने बताउँदै आफ्नो सरकार आएमा शिक्षा, स्वास्थ्य, खानेपानि, वाटो र कृर्षिलाई विशेष प्राथामिकतामा राखेर काम गर्ने बताउनुभयो ।

हुन त हरेक सफल मानिसको पछाडी दुःख, सुख र संघर्षको लामो फेहिरस्त स्वभाविक हुन्छ । श्रीमानकाे साथ र सहयोग हुँदाहुँदै पनि आफ् नो इच्छा अनुसार गर्न, परिवार समाजमा आफ्ना विचार राख्न र पुरुष सरह आफुलाई अब्बल देखाउनको लागि भने शोभाले ठुलैसंर्घष नै गर्नुपर्यो  । अहिले पर्वतको फलेवास नगरपालिका–१० मा रहेको हराभरा सामाजिक उद्यमी महिला सहकारी संस्थाको  अध्यक्ष रहनुभएकी शोभाको व्यावसायिक र उद्यमी जीवनको कथा अरु धेरैका लागि प्रेरक बनेको छ ।

दुध, तरकारी बेचेर शोभाले मासिक २ लाँख रुपैयाँ आम्दानी गर्नुहुन्छ । शोभाको नाम र काम दुबैमा उहाँका श्रीमान सोमबहादुरको उतिकै साथ छ । ‘श्रीमानले विदेश गएर पैसाँ पठाउदा छोराछोरीलाई सामान्य विद्यालयमा पढाएर खान लगाउन पुगेको थियो,’ शोभाले भन्नुभयो‘ दुबै जना मिलेर यही व्यवसाय गर्दा छोरीलाई काठमान्डाैँ विविएस र छोरालाई युकेमा आइटी पढ्न पठाएका छौँ ।’१६ वर्षको उमेर मा विहे,  २४ वर्षको उमेरमा दुई सन्तानको आमा बन्नुभएकी शोभाले घाँस दाउरा र चुलो चौको मात्र गरेर जीवन नबिताउने उद्घोष सहित २०६०साल मा गाउँमा चुरा पोते बेच्न थाल्नुभयो । घाँस दाउरा, मेला पात गर्दा चुरा फुटिरहने तर लगाउनको लागि दिनभरी हिँडेर कुश्मा बजार आउनुपर्ने बाध्यता आफैले भोगेकी शोभालाई त्यो बेला सबैभन्दा उत्तम व्यवसायको रुपमा चुरापोते बेच्न सकिने लाग्यो । त्यसपछि टिनको बाकसमा घरको कोठाबाटै चुरा बेच्न थालेको उहाँ सुनाउनुहुन्छ ।

२०६१ सालमा उहाँले किराना पसल सुरु गर्नुभयो । ‘तिमी छोराछोरी र आफ्नो खर्च चल्ने गरि व्यवसाय गर, म विदेश जान्छु, दुई चार पैसा जोडेर छोराछोरीलाई राम्रो शिक्षा दिनुपर्छ भनेर श्रीमान मलेशिया उड्नु भयो,’ उहाँले संर्घषका अनेक पदचापबारे शुरुवाति कथा  सम्झिदै भन्नुभयो, ‘कुश्मा बजारदेखी खच्चडमा बोकाएर सामान ल्याउँथे, गाउँमा बेच्दा घर खर्च चलेकै थियो, तर श्रीमान विदेशिए पछि गाउँमा कुरा काट्ने क्रम बढ्न थाल्यो, त्यसको नमिठो अनुभव म सँग छ ।’ चार वर्ष षपछि २०६५ सालमा श्रीमान मलेशियाबाट फर्कनुभयो, शोभाले त्यसपछि पनि ५ पटक सम्म श्रीमानले विदेश जान लगाएको भिसा आफुले लुकाएर जान नदिएको बताउँनुहुन्छ । श्रीमान  साथमा नभएपछि जसले पनि कुरा काट्ने, श्रीमानले विदेशमा कमाउने पैसा दुबै मिलेर यही कमाउन सकिन्छ भन्ने साेचले विदेश जान नदिएको उहाँको भनाई छ ।

२०६५ सालमा गाउँमा पहिलो पटक जीप पुग्यो । २०६८ सालमा बस पुगेको थियो । कुश्मा देखी लुङ्खु, हुवास सम्म बस चल्न थालेपछि सवारी  चालकहरुले लामो रुटमा चिया खाजा खाने ठाँउ भएन । तपाइले नै व्यवस्था गर्दिनु पर्यो भनेर शोभालाई भन्न थाले । त्यसपछि कस्मेटिक बाट सुरु हुँदै किराना बनेको उहाँको व्यवसाय श्रीमान श्रीमती मिलेर होटलमा रुपान्तरण गर्नुभयो । ‘हिउँदमा बस जीप चले पनि बर्खा मा सवारी चल्दैनथे’ शोभा भन्नुहुन्छ–‘त्यसपछि होटलसँगै व्यावसायिक रुपमा दुध उत्पादन तर्फ लाग्यौ । २०७० सालमागाउँका सबै मिलेर  चिसापानी दुग्ध सहकारी दर्ता गरियो । स्थानीय युवराज चपाई अध्यक्ष रहेको त्यो सहकारीमा शोभा सचिव बन्नुभयो।

सुरुमा २० जना शेयर सदस्यबाट ५ हजार रुपैयाँका दरले शेयर रकम संकलन गरेर दुधको बजारीकरणमा सहयोग गर्ने योजना बनाएको उहाँको भनाई छ । सहकारीमा आवद्ध सबैले गाई किन्ने निधो गरेपछि शोभाले चितवनको टाँडी  पुगेर एउटालाई ८० हजार रुपैयाँ पर्ने ३ वटा होलिस्टिन र जर्सी गाई किनेर ल्याउनुभयो ।

गाई किनेर दुध बेच्न सोचे जति सहज नभए पनि गाउँलेको एकता र प्रतिवद्धताले सम्भव भएको उहाँको भनाई छ । घरघरमा किसानले दुहेको दुध शोभाको घरमा संकलन गर्ने र बेच्नलाई कुश्मा बजार ल्याउन थालियो । हिउँदमा गाउँबाट बसमा दुध पठाउने र वर्खाको समय पालैपालो क्यानमा दुध बोकेर फलेवास ढिकमा ल्याउने र त्यहाँबाट गाडीमा पठाउने गरेको शोभा बताउँनुहुन्छ । ‘एउटा क्यानमा ४० लिटर दुध हुन्थ्यो’ , शोभाले विगत सम्झिदै भन्नुहुन्छ–‘एक दिन एउटाले, अर्काे दिन अर्काले पालैपालो बाेक्थ्याै । आजभोली वर्खाको समयमा पनि गाउँमा  जीप चल्ने भएकाले नाम्लाले बोकेर लैजानुपर्ने बाध्यता हटेको छ ।’

शोभाले कृषि व्यवासाय तथा पशुपालन फर्म दार्ता गरेर सञ्चालनमा ल्याउनुभएको छ । उहाँको फर्ममा १५ वटा होलिस्टिन र जर्सी जातका गाई छन् । व्यवसाय सुरु गर्दा ८० हजारमा किनेको एउटा गाईलाई आजभोली १ लाख ४० हजार रुपैयाँ पर्छ । शोभाले दैनिक ८० देखी १ सय लिटर दुध बेच्नुहुन्छ । ४ वटा टनेल छन् । टर्नलमा बेमौसमी काउली, बोडी, सिमी, करेला, घिरौला र गोल भेँडा फलाउँदै आउनुभएको छ । शोभाले काँक्राको विउ समेत उत्पादन गर्दै आउनुभएको छ ।

महिलाहरुलाई संगठित गरेर व्यावसायिक बनाउनुपर्छ भन्ने उद्देश्यले शोभाकै पहलमा २०७२ सालमा हराभरा सामाजिक उद्यमी महिला सहकारी  दर्ता गरेर सञ्चालनमा छ । ६ सय ३६ जना महिला शेयर सदस्य रहेको सहकारीको शोभा अध्यक्ष हुनुहुन्छ । सहकारीले महिलालाई बाख्रा पाल्न, गाई पाल्न र तरकारी तथा अलैची खेती गर्न प्रोत्साहन गर्दै आएको छ । महिलाहरुले उत्पादन गरेका खसी, बोका, तरकारी र दुध बेच्नको लागि गण्डकी प्रदेश सरकार, फलेवास नगरपालिका र हेफरबाट सहयोग हुँदै आएको शोभाले बताउनुभयो। ‘सहकारीको आफ्नै चिस्यान केन्द्र छ, हाम्रा उत्पादनलाई सजिलै बजार सम्म पुर्याउन गाडी किनेका छौ,’ शोभाले अहिले भन्नुभयाे ।

image1 1 1 image2 2 image3 2 image6 1 image8

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका