काठमाडौं । देशभर पछिल्लो २४ घन्टामा १३ जना कोराना संक्रमित थपिएका छन्। आज काेराेना संक्रमणबाट कसैकाे पनि मृत्यु भएकाे छैन ।
पछिल्लो २४ घन्टामा २ हजार ३ सय ७३ जनाकाे पिसिआर परीक्षण गर्दा १२ जना र १ हजार २ सय ५८ जनाकाे एनटिजेन परीक्षण गर्दा १ जना गरी १३ जना नयाँ काेराेना संक्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घन्टामा ३ हजार ६ सय ३४ जनामा कोरोना परिक्षण भएकाे छ भने १७ जना कोरोना संक्रमण मुक्त भएका छन्।
यस्तै पछिल्लो २४ घन्टामा ८० हजार १ सय ४२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। हालसम्म देशभर १ सय ८५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।