भारोत्तोलन स्व. सन्जु चौधरीलाई अन्तिम श्रद्धान्जली • Nepal's Trusted Digital Newspaperभारोत्तोलन स्व. सन्जु चौधरीलाई अन्तिम श्रद्धान्जली • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • भारोत्तोलन स्व. सन्जु चौधरीलाई अन्तिम श्रद्धान्जली

भारोत्तोलन स्व. सन्जु चौधरीलाई अन्तिम श्रद्धान्जली

  • समाचारपाटी
  • मङ्लबार, बैशाख २७, २०७९
भारोत्तोलन स्व. सन्जु चौधरीलाई अन्तिम श्रद्धान्जली

१३ औं सागमा नेपालका लागि भारोत्तोलनबाट स्वर्ण पदक दिलाउन सफल खेलाडी स्व. सन्जु चौधरीलाई राष्ट्रिय खेलकुद परिषदमा मंगलबार अन्तिम श्रद्धान्जली अर्पण गरिएकाे छ ।

स्व. चौधरीको शवमा साँसद एवं नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले फुलमाला तथा अबिरबाट श्रद्धान्जी अर्पण गर्नुभएकाे छ ।

यस्तै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले राष्ट्रिय झण्डा र राष्ट्रिय खेलकुद परिषद्को झण्डा ओढाउनुका साथै अबिर तथा फुल मालाले श्रद्धान्जली ब्यक्त गर्नुभएकाे थियाे ।

यस्तै राखेपका विभागिय प्रमुखहरु, नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, ओलम्पियन संघका अध्यक्ष दीपक बिष्ट, कर्मचारीहरु, खेलाडी तथा खेलकर्मीहरुले स्व. चौधरीको सवमा अविर तथा फुलमालाले श्रद्धान्जली ब्यक्त गर्नुभएकाे थियाे । बर्दिया निवासी स्व. चौधरीको शव आजै उहाँको बासस्थान तर्फ लगिने संघले जनाएको छ ।

MB2A3432 MB2A3439

MB2A3442 MB2A3457 1 MB2A3460

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका