राजनीतिको मैलो पखाल्न पोखराबाट जुर्मुराएको अटेरी अभियान • Nepal's Trusted Digital Newspaperराजनीतिको मैलो पखाल्न पोखराबाट जुर्मुराएको अटेरी अभियान • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • राजनीतिको मैलो पखाल्न पोखराबाट जुर्मुराएको अटेरी अभियान

राजनीतिको मैलो पखाल्न पोखराबाट जुर्मुराएको अटेरी अभियान

  • समाचारपाटी
  • मङ्लबार, बैशाख २७, २०७९
राजनीतिको मैलो पखाल्न पोखराबाट जुर्मुराएको अटेरी अभियान

तिमी एउटा दलमा ।

म अर्को दलमा ।

हामी सब दलदलमा ।
हामी सब दलहरूको दलदलमा ।।।।

लेखक कुमार नगरकोटीको यो कविताले भने झैं हामी सबै दलको दल दलमा फसि रहेका छौं । उपलब्धिरहित दलको दलदलमा आखिर कहिलेसम्म फस्ने रु सत्ता र शक्तिको स्वार्थमा दलदलमा कहिलेसम्म फसि रहने हामी ? यो फोहोर मैला कहिले सफा गर्ने ? कसले गर्ने ?

हो, दलको दलदलबाट मुक्त हुन आह्वान गर्दै पोखराबाट जुर्मुराएको केही उर्जाशिल युवाहरुको समुह आसन्न निर्वाचनमा होमिदै छ । स्वायत्त स्थानीय तह दलीय भागबण्डाले कुरुप भएको भन्दै पोखराबाट गनेस पौडेलको परिकल्पनामा सुरु भएको थियो अटेरी अभियान ।

स्थानीय तह निर्वाचनको मिति घोषणा हुने बित्तिकै, फ्याट्ट पोखरा महानगर प्रमुखको उम्मेद्वारी घोषणा गर्नुभएका पौडेलले, राजनीतिको मैलो सफा गर्ने अभियान चाल्नुभयाे । उहाँले मुख के खोल्नुभएकाे मात्र थियाे । उहाँको यो अभियानलाई साथ दिने हातहरु थपिदै अन्तत : अटेरी अभियानमा जोडिएर देशभरका स्थानीय तहबाट स्वतन्त्र उम्मेद्वारी दिनेको संख्या ४ हजार बढी पुगी सकेको छ । पब्लिक स्पेशमा अटेरी अभियानको उद्देश्य र मर्मबारे राम्रै तारिफ पनि छ ।

सुरआतबाटै केही फरक, नयाँ शैलीमा आफूलाई उभ्याउँदै आएको यो समुहले चुनावी घरदैलो सकाएको छ । घरदैलो पनि कस्तो भने पोखराका ३३ वडाका सबै वडाबासीको घरमा पुगेनन् अटेरी उम्मेद्वार । चौतारा, चोक । पायक पर्ने ठाउँमा, जम्मा भए जतिलाई आफ्नो अभियानबारे बुझायो । जतिले बुझे, उनीहरुले राम्रै रुपमा लिए ।

वडा नम्बर १५ तल्लो जनशक्ति टोल आमा समुहको अध्यक्ष एलिना पराजुलीले अटेरी अभियानलाई जितको शुभकामना दिनुभयाे । आफ्नो घरटोलमा आएको समुहलाई स्वागत गर्दैै उहाँले जितको शुभकामना दिनुभयाे । ‘अटेरी अभियानलाई एकदमै जितको शुभकामना छ । अभियानले महिला सशक्तिकरणदेखि पोखरा बनाउन बनाएको योजना एकदमै तारिफ योग्य छन्, अटेरी अभियानका उम्मेद्वारहरुले चुनाव जित्नुपर्छ । जितको एकदम धेरै शुभकामना छ,’ शुभकामना दिँदै उहाँले भन्नुभयाे ।

वडा नम्बर १९ को सुशिल क्षेत्री पनि राजनीतिमा अटेरीको हस्तक्षेपले उत्साहीत हुनुहुन्छ । ‘केही गरौं भनेर युवाहरु यसरी लाग्नु भएको छ । राजनीतिक दलभन्दा बारिहबाट आउनु पर्थ्याे आएको छ । अटेरी अभियानले चुनाव जित्नुपर्छ, हामी सबैले विवेक प्रयोग गरेर मतदान गरौं, अटेरी अभियान हारे हामी हाछौं,’ उहाँले भन्नुभयाे ।

वडा नम्बर ५ को घरदैलोमा सोही वडाकै सफल शर्माले अटेरी उम्मेद्वारले जिते मात्रै राजनीतिको धुलोमैलो पखालिने बताउनुभयाे । यसपटक अटेर गरे मात्रै भोलिका सन्ततिको भविष्य सुधार हुन सक्ने बताउँदै उहाँले अटेरी अभियानलाई जिताउन अपिल गर्नुभयाे ।

सोमबार पोखराका ४ वडाको घरदैलो सकाएर फर्केको अटेरी नागरिकस्तरबाट पाएको साथ सहयोगले दंग हुनुहुन्छ । अभियानप्रति देखाएको उत्साह हेर्दा भन्न सकिन्छ । अटेरीका निर्वाचन अभियान संयोजक हरि कार्की चुनावी घरदैलोमा देखिएको नागरिक उत्साहलाई लिएर दंग हुनुहुन्छ । ‘घरदैलो भनेर घरघरै पुगेका पनि होइनौं । टोल विकास समिति, विभिन्न युथ फोरम, आमा समुहको निम्तोमा हामी पुग्ने र अभियानबारे बुझाउने काम गर्यौं,’ कार्की भन्नुहुन्छ ।

‘हाम्रो अभियानबारे त बुझ्नु भयो नै, हामीले ल्याएका पोखरा बनाउने योजना पनि एकदमै मन पराउनु भएको छ । हामी चुनावमा जान एकदमै उत्साहीत छौं,’ कार्की भन्नुभयाे।

यसरी, स्थानीय राजनीतिको फोहोर मैलो सफा गर्न पोखराबाट जुर्मुराएको अटेरी अभियानमा पोखरा महानगर प्रमुख सहित १० वडामा वडाध्यक्ष र ६ वडासदस्य सहित १७ अभियन्ताहरुले उम्मेद्वारी दिनुभएकाे छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका