काठमाडौं । देशभर पछिल्लो २४ घन्टामा ८ जना कोराना संक्रमित थपिएका छन्। आज काेराेना संक्रमणबाट कसैकाे पनि मृत्यु भएकाे छैन् । पछिल्लो २४ घन्टामा १ हजार ६ सय ९३ जनाकाे पिसिआर परीक्षण गर्दा ६ जना र १ हजार ३ सय ९ जनाकाे एनटिजेन परीक्षण गर्दा २ जना गरी ८ जना नयाँ काेराेना संक्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घन्टामा ३ हजार २ जनामा कोरोना परिक्षण भएकाे छ भने १७ जना कोरोना संक्रमण मुक्त भएका छन्।
यस्तै पछिल्लो २४ घन्टामा ३८ हजार ३ सय ५९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। हालसम्म देशभर १ सय ९० जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।
देशभर काेराेना संक्रमणबाट मुक्त हुनेकाे संख्या ९ लाँख ६६ हजार ८ सय ६ रहेकाे छ भने मृत्यु हुनेकाे संख्या ११ हजार ९ सय ५२ पुगेकाे छ ।