'सरकारलाई बलियो बनाउन स्थानीय तहको निर्वाचन गठबन्धनले जित्न जरुरी छ':-देउवा • Nepal's Trusted Digital Newspaper'सरकारलाई बलियो बनाउन स्थानीय तहको निर्वाचन गठबन्धनले जित्न जरुरी छ':-देउवा • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘सरकारलाई बलियो बनाउन स्थानीय तहको निर्वाचन गठबन्धनले जित्न जरुरी छ’:-देउवा

‘सरकारलाई बलियो बनाउन स्थानीय तहको निर्वाचन गठबन्धनले जित्न जरुरी छ’:-देउवा

  • समाचारपाटी
  • सोमवार, बैशाख २६, २०७९
‘सरकारलाई बलियो बनाउन स्थानीय तहको निर्वाचन गठबन्धनले जित्न जरुरी छ’:-देउवा

धनगढी । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेले चुनाव जितेमा फेरि संसद भंग गर्ने प्रवृत्ति दोहोरिने दाबी गर्नुभएकाे छ ।

सोमबार सत्तारुढ गठबन्धनले धनगढीमा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै देउवाले स्थानीय तहको निर्वाचन सत्तारुढ गठबन्धनले जिते मात्र संघीय सरकार बलियो हुने बताउनुभएकाे छ ।

उहाँले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारलाई मत दिन आग्रह गर्नुभएकाे छ । ‘सरकारमा नेपाली कांग्रेस, माओवादी केन्द्र र माधवजीको पार्टीका मान्छेहरु सहभागी छन् । अहिलेको सरकारलाई बलियो बनाउन स्थानीय तहको निर्वाचन गठबन्धनले जित्न जरुरी छ,’ देउवाले भन्नुभयाे ‘ त्‍यसकारण गठबन्धनका उम्मेदवारलाई मत दिएर विजयी गराउनुस् ।’

उहाँले गठबन्धनका उम्मेदवारविरुद्ध बागी उठेका उम्मेदवारहरुलाई कुनै पनि हालतमा सहयोग नगरिने बताउँदै फिर्ता नलिए कारवाही गर्नेसमेत बताउनुभयाे । ‘बागी उम्मेदवारलाई कुनै पनि हालतमा सहयोग गरिने छैन । बागीलाई कुनै पनि हालतमा माफ गर्ने छैनौँ,’ देउवाले भन्नुभयाे, उम्मेदवारी फिर्ता नलिएको खण्डमा कारवाही गर्नेछौँ ।’

देउवाले धनगढी आफ्ना लागि महत्वपूर्ण भएको बताउँदै सुदूरपश्चिमबासीले नै आफूलाई प्रधानमन्त्री बनाएकाले गठबन्धनले चुनाव जितेमा सुदूरपश्चिमकालागि प्राथमिकता दिएर काम गर्ने बताउनुभएकाे छ ।  विकास निर्माणका काम र बजेट विनियोजन गर्दा सुदूरपश्चिमलाई प्राथमिकतामा राखिने दाबी गर्नुभएकाे छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका