ताप्लेजुङ । कञ्चनजंघा हिमाल आरोहणका क्रममा एक भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा ५२ वर्षीय नारायणम आईयर रहनुभएकाे छ । आरोहणका क्रममा उहाँको ८ हजार २ समय मिटर उचाइमा पुग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक कुशाराम कार्कीले जानकारी दिनुभयाे ।
उहाँ पायोनियर एड्भेन्ञ्चर प्रालिबाट हिमाल आरोहणमा जानुभएकाे थियाे । सो कम्पनीका कार्यकारी निर्देशक निमेष कार्कीका अनुसार उहाँको शवलाई उद्धारका लागि ६ जना शेर्पाको टोली परिचालित भइसकेको छ । ‘हाम्रो ६ जना शेर्पाको टोली खटिएको छ । मौसमले साथ दिए तीन दिनभित्रमै तल ल्याइसक्छौं,’ उहाँले भन्नुभयाे ।
८ हजार ५ सय ८६ मिटर अग्लो कञ्चनजंघा हिमालको आरोहणका लागि पायोनियर एड्भेन्चरबाट यसवर्ष १४ जना आएका थिए । त्यसमध्ये ६ जनाले सफल आरोहण गरिसकेका छन् ।