सानै उमेरमा नै परिपक्कव स्वरकी धनी रोशा, रोशाको नयाँ गीत ‘मलाई बिर्स नभनिदेउ’ को चर्चा • Nepal's Trusted Digital Newspaperसानै उमेरमा नै परिपक्कव स्वरकी धनी रोशा, रोशाको नयाँ गीत ‘मलाई बिर्स नभनिदेउ’ को चर्चा • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • सानै उमेरमा नै परिपक्कव स्वरकी धनी रोशा, रोशाको नयाँ गीत ‘मलाई बिर्स नभनिदेउ’ को चर्चा

सानै उमेरमा नै परिपक्कव स्वरकी धनी रोशा, रोशाको नयाँ गीत ‘मलाई बिर्स नभनिदेउ’ को चर्चा

  • समाचारपाटी
  • सोमवार, बैशाख २६, २०७९
सानै उमेरमा नै परिपक्कव स्वरकी धनी रोशा, रोशाको नयाँ गीत ‘मलाई बिर्स नभनिदेउ’ को चर्चा

काठमाडौं । झापाको मेचीनगर–८ की रोशा फुयाल नेपालको रियालिटी सो सारेगम लिटिल च्याम्पियनमा सहभागी भएसँगै चर्चामा आइन् ।

सुमधुर स्वरकी गायिका रोशाको स्वरमा रहेको ‘मलाई बिर्स नभिनिदेउ’ गीतको भिडियो सार्वजनिक भएको छ । जादुमय आवाजका कारण सर्वप्रिय बनेकी रोशाको स्वरमा सार्वजनिक भएको यो गीतले राम्रो चर्चा बटुलिरहेको छ ।

दिनेशराज पुरीको शब्द सिर्जना रहेको गीतमा नबिन कार्कीको संगीत रहेको छ । प्रकाश खड्काको छायाङ्कन रहेको भिडियोको सम्पादन लक्ष्मन चौहानले गरेका हुन्, भने निर्देशन बिक्रम चौहानले गरेका हुन् ।

भिडियोमा गायिका रोशा नै फिचर छिन् । गायक सुवास पुरीको प्रस्तुतिमा तयार पारिएको गीतको भिडियो म्यूजिक जक्सनबाट बजारमा आएको हो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका