महानगरभित्रका ऐतिहासिक स्थल र सम्पदा संरक्षणको जिम्मा हाम्रो :- धनराज आचार्य • Nepal's Trusted Digital Newspaperमहानगरभित्रका ऐतिहासिक स्थल र सम्पदा संरक्षणको जिम्मा हाम्रो :- धनराज आचार्य • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • महानगरभित्रका ऐतिहासिक स्थल र सम्पदा संरक्षणको जिम्मा हाम्रो :- धनराज आचार्य

महानगरभित्रका ऐतिहासिक स्थल र सम्पदा संरक्षणको जिम्मा हाम्रो :- धनराज आचार्य

  • समाचारपाटी
  • सोमवार, बैशाख २६, २०७९
महानगरभित्रका ऐतिहासिक स्थल र सम्पदा संरक्षणको जिम्मा हाम्रो :- धनराज आचार्य

पोखरा । पोखरा महानगरमा गठबन्धनबाट मेयरका साझा उम्मेदवार धनराज आचार्यले ऐतिहासिक स्थान र सम्पदाको संरक्षण गर्ने बताउनुभएकाे छ । सोमबार पोखरा महानगर २ चुनावीसभालाई सम्बोधन गर्दै आचार्यले पोखरा २ को मोहोरिया टोल, विन्ध्यवासिनीको संरक्षणसँगै विकासका लागि कार्यक्रम ल्याउने बताउनुभएकाे छ ।

पोखरा भित्रै रहेका ऐतिहासिक, पुराना सम्पदाको खोजी गर्दै त्यसलाई संरक्षण गर्ने जिम्मा महानगरको भएपनि अघिल्लो सरकारले केही गर्न नसकेको उहाँको भनाई थियो । आफूहरुले जितेमा यस्ता सम्पदाहरुको संरक्षण गर्ने र प्रचारप्रसारमा ध्यान दिंदै पर्यटकीय क्षेत्र बनाउने उहाँले बताउनुभयाे ।

पोखरा २ मा बढि सडक दुर्घटना हुने भएकोले दुर्घटना न्यूनीकरण गर्ने र तिव्र गतिको उद्दार टोलि बनाउने साथै ट्राफिक लाइट व्यवस्थापन गर्ने काम प्रतिवद्धता जनाउनुभयाे । बागलुङ बसपार्कलाइ व्यवस्थित बसपार्क बनाउने तर्फ पनि गठबन्धनको सरकारले काम गर्ने मेयर पदका उम्मेदवार आचार्यले बताउनुभयाे ।

गठबन्धनको तर्फबाट पोखरा महानगरपालिकाको उपमेयर पदकी उम्मेदवार कोपिला रानाभाटले भ्रष्टचारमुक्त पोखरा बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयाे । पोखरा २ को चुनावी सभा कार्यक्रममा उहाँले जीवनमा कुनै लोभ नगरेकाले अब पनि बिलासी जीवनको आसा नभएको बताउनुभएकाे छ । गठबन्धनको सरकार पोखरा महानगरपालिकामा भएमा अहिलेसम्म महानगरमा देखिएको भ्रष्टचारको जालोलाई फुकाउने र भनसुनका आधारमा महानगर नचलाउने भनाई उहाँको छ ।

पर्यटकीय विकासको थुप्रै सम्भावना बोकेको पोखरामा कृषि, रोजगार, शिक्षाको क्षेत्रमा उल्लेखनिय काम गर्न सकिने भनाई उहाँको छ । पोखरा २ नेपाली काँग्रेसले जितेको वडा भएता पनि काम गर्न खोजिएको तर महानगरमा एमाले नेतृत्वको सरकारले काम गर्न नदिएको उहाँको आरोप छ । वडाको नेतृत्व एउटा पार्टीको महानगरको नेतृत्व अर्को पार्टीको हुँदा विकासको आयोजनाहरु ल्याउन गाह्रो हुने उहाँले बताउनुभयाे । त्यसै कारण पनि मेयर, उपमेयर देखि वडाको सेटलाई नै भोट गर्न उहाँको आग्रह थियो । पोखरा २ मा वडामा सबै नेपाली कांग्रेसका उम्मेदवार हुनुहुन्छ । अध्यक्षमा दिवसमान प्रधानाङ्ग, सदस्यहरुमा गौतम विजुक्छे, मिनाकुमारी आले, गोमा सुवेदी र सुनिता विक चुनावी मैदानमा हुनुहुन्छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका