पोखरामा घरदैलो कार्यक्रम ९५ प्रतिशत पूरा • Nepal's Trusted Digital Newspaperपोखरामा घरदैलो कार्यक्रम ९५ प्रतिशत पूरा • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • पोखरामा घरदैलो कार्यक्रम ९५ प्रतिशत पूरा

पोखरामा घरदैलो कार्यक्रम ९५ प्रतिशत पूरा

  • समाचारपाटी
  • सोमवार, बैशाख २६, २०७९
पोखरामा घरदैलो कार्यक्रम ९५ प्रतिशत पूरा

पोखरा २ मा घरदैलो कार्यक्रम जारी

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २ मा नेकपा एमालेका तर्फबाट वडाध्यक्षका उमेद्वार दीपक शाहले बहुमत दिएर आफूसहित आफ्नो टिमलाई जिताएमा २ नं वडालाई नमुना वडाका रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएकाे छ । घरदैलोका क्रममा स्थानीयसंग भेटघाट गर्दै प्रत्यासी शाहले वडाका वडावासीको हरेक समस्या आफूले समाधान गर्ने बताउनुभयाे । आफूले लामो समयदेखि राजनीति गर्दै आइरहेको बताउँदै शाहले अबको जीवन वडाको समृद्धि तथा विकासका लागि व्यतित गर्ने बताउनुभएकाे छ ।

आसन्न स्थानीय तहको निर्वाचनलाई ध्यानमा राख्दै वडामा एमालेका तर्फबाट वडाध्यक्षका उमेद्वार शाहसहित खुल्ला सदस्य जनार्दन सुवेदी र मंगल साई, महिला सदस्य उर्मिला पराजुली र दलित महिला सदस्य हरिमाया परियार मतदाताको घरघरमा पुगेर मत माग्न व्यस्त हुनुहुन्छ । चुनावी माहोल तातेको बेला एमाले उमेद्वारलाई जिताउन नेता तथा कार्यकार्ता साथ दिनुभएकाे थियाे ।

वडा नं ११ मा एमाले घरदैलो, उमेद्वार गुरुङ भन्छन्, सुकुम्बासीलाई एक घर एक रोजगारीको ग्यारेण्टी गर्छौं
स्थानीय तहको चुनावी अभियान अन्तरगत पोखरा ११ को घरदैलो कार्यक्रम अन्तिम चरणमा पुगेको छ । गत वैशाख १७ गतेबाट दिनहुँ जारी घरदैलो अभियानका क्रममा मतदाताबाट आर्शीवाद ग्रहण गरेकाले यसपटक ११ नं वडामा एमालेका उम्मेदवार विजयी हुने पोखरा ११ निर्वाचन प्रचारप्रसार संयोजक मदन सुनारले दावी गर्नुभयाे ।

‘घरदैलोमा हामी जहाँ–जहाँ पुग्यौं, त्यहाँ रहनुभएका आमाबुवा दाजुभाई दिदीबहिनीले यसपाली ढुक्क हुनुस्, हामी तपाईंहरुलाई जिताउँछौं भन्नुभएको छ ।’ उहाँले भन्नुभयाे, ‘यसपटक पोखरा ११ मा एमालेको जित पक्का छ ।’ वडामा रहेका समस्याको पहिचान गरी बुँदागत रुपमा संकलन गरिएको र निर्वाचनपछिसबै समस्याको समाधान गर्न कुनै कसर बाँकी नराख्ने वडा अध्यक्षका उमेद्वार मीनबहादुर गुरुङले बताउनुभएकाे छ । ‘हामीलाई जुन विश्वासका साथ मत दिने वाचा पोखरा ११ का जनताले गर्नुभएको छ, हामीले उहाँहरुको मत खेर नजाने गरी काम गर्ने वाचा बाँधेका छौं ।’ उहाँले भन्नुभयाे, ‘यसपटक जनताको अपेक्षा र हाम्रो प्रतिवद्धता मेल खाने निश्चित छ ।’ आइतबार तुलसीमार्गस्थित सुकुम्वासी बस्तीमा पुगेर उमेद्वार गुरुङले आफूले जित हासिल गरेमा सुकुम्वासी परिवारबाट १ जनालाई रोजगारी दिने अभियान वडामा सञ्चालन गरिने प्रतिवद्धता समेत जनाउनुभएकाे छ ।

घरदैलो कार्यक्रम अन्तरगत आइतबार रामेश्वर मार्ग, गजेन्द्र मार्ग, भानु मार्ग ‘क’, शिवशक्ति मार्ग, महाकालेश्वर मार्ग, जनपथ टोल, हिमश्री टोल, रानीपौवा मार्ग, पुरानोधारा र अस्पताल मार्गका मतदातालाई भेटेर उहाँहरुका सुझाव संकलन तथा प्रतिवद्धतापत्र थमाएर उमेद्वारको परिचय समेत गरिएको संयोजक सुनारले जानकारी दिनुभएकाे छ ।

वडा नं ११ मा एमालेबाट अध्यक्षका उमेद्वार गुरुङ, वडा महिला सदस्य चन्द्रा शर्मा तिवारी, दलित महिला सदस्य हेमाकुमारी नेपाली, र खुल्ला सदस्यमा विष्णुप्रसाद आचार्य र कार्लोस गुरुङ चुनावी मैदानमा हुनुहुन्छ ।

पोखरा ११ मा चुनावी अभियान अन्तरगत १ हजार १ सय ११ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरी प्रचार–प्रसारलाई निकै उत्साहपूर्वक रुपमा सञ्चालन गरिएकोे सुनारले बताउनुभयाे ।

ढाँटेर राजनीति हुँदैनः सांसद भट्टराई
संघीय सांसद विद्या भट्टराई अधिकारीले नागरिकलाई गुमराहमा राखेर राजनीति गर्न नहुने बताउनुभएकाे छ । जनप्रतिनिधि जनताप्रति उत्तरदायी रहनुपर्ने जनाउँदै उहाँले ढाँटेर राजनीति नगर्न सुझाउनुभयाे ।

नेकपा एमाले पोखरा २१ द्वारा आयोजित मतदाता भेटघाट कार्यक्रममा बौल्दै उहाँले भन्नुभयाे, ‘जनताको दुख सम्बोधन गर्न सक्ने नै नेता हो । नेताप्रति जनताले आशा गरेका हुन्छन्, उहाँहरुको आशालाई निराशामा परिणत हुन दिनु हुँदैन । ढाँटेर राजनीति हुँदैन, हामी हाम्रा बाचामा सधैं प्रतिबद्ध हुनैपर्छ ।’

स्वर्गीय एमाले नेता रविन्द्र अधिकारी पत्नी समेत रहनुभएकी सांसद भट्टराईले स्वर्गीय नेताले देखेको कोरेको विकासको सपना पुरा गर्ने बताउनुभयाे । ‘उहाँले देख्नुभएको विकास र समृद्धिको सपना पुरा गर्न कुनै कसर बाँकी राख्ने छैन । उहाँले भन्नुभयाे, ‘जनताका आवश्यकता, चाहाना र विकास निर्माणका कार्यहरु पहिलो प्राथमिकता हुन् । सो अनुरुप नै हामी अघि बढिरहेका छौं ।’ संसाद भट्टराइले पोखरा २१ स्थित फुस्रे खोला, रमदी, मट्टीखान, नुवाकोट जोड्ने बाटो छिट्टै निमाण गर्ने प्रतिवद्धता जनाउनुभयाे ।

नेकपा एमाले पोखरा २१ का अध्यक्ष राजेन्द्र थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला कमिटी सदस्य तथा वडा इन्चार्ज अर्जुन गिरी, एमालेका तर्फबाट वडाध्यक्षका उम्मेदवार दिपक सुवेदी, फुस्रे खोला रमदी बाटो निर्माण उपभोेक्ता समिति अध्यक्ष देविबहादुर थापा, स्थानीय तथा वडा कमिटी उपाध्यक्ष खगराज न्यौपाने लगायतले बोलेका थिए भने कार्यक्रमको सञ्चालन वडा कमिटी सचिव रोशन भट्टराईले गर्नुभए काे थियाे ।

पोखरा २६ मा घरदैलो कार्यक्रम ९५ प्रतिशत पूरा
नेकपा एमालेका पुराना नेता तथा समाजसेवी देवनन्द दाहालले एमाले बाहेक अरूले विकास नगर्ने बताउनुभएकाे छ । आइतबार उक्त वडाका विभिन्न टोलमा भएको घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा बोल्दै दाहालले अबको नेतृत्वले राखिडाँडाको विकास गर्ने र त्यसको लागि सबै एकजुट भएर सूर्य ध्वाजावहाक उमेद्वारलाई जिताउन समेत अनुरोध गर्नुभएकाे छ । घरदैलो कार्यक्रममा वडा अध्यक्षका उमेद्वार सूर्यनाथ भण्डारीले आफूले यहाँको हरेक समस्या बुझेको र त्यसको समाधान पनि आफूले नै गर्ने दावी गर्नुभयाे । प्रत्यासी भण्डारीले वडाको विकासका लागि भए पनि आफूलाई भोट दिन अनुरोध गर्नुभएकाे छ ।

कार्यक्रममा वडा नम्बर २६ वडा कमिटीका अध्यक्ष रामचन्द्र तिमिल्सिनाले राखि विकासमा सधै एमाले लागेको र अबको एमाले उमेद्वार जितेर आएपछि पहिलो काम राखिले प्रथामिकता पाउने बताउनुभयाे। पोखरा महानगर वडा नम्बर २६ का इन्चार्ज मनहरी ढुंगानाले जनताको सुख दुःखको साथी नेकपा एमाले भएकोले सबै मिलेर एमालेलाई जिताउन अनुरोध गर्नुभएकाे छ ।

चुनाव प्रचार–प्रसार समिति संयोजक रामचन्द्र तिमिल्सिनाले अब सूर्य ध्वजावहाक ५ जनालाई नजिताएसम्म विश्राम नलिने प्रतिवद्धता व्यक्त गर्नुभएकाे छ । आम जनता एमालेप्रति खुसी रहेको उहाँको दावी छ । आसन्न स्थानीय तहको निर्वाचन सात सूर्यमा सात छाप लगाई पोखरा महानगरपालिकाका मेयरको उमेद्वार कृष्ण थापा, उपमेयर मञ्जु गुरुङ लगायत वडा नं २६ का वडाध्यक्षका उमेद्वार भण्डारी, सदस्यमा धुर्व थापा बसन्त बन्जरा, प्रमिला बराल लाई जिताउन संयोजक तिमिल्सिनाले अनुरोध गर्नुभएकाे छ ।

पोखरा २६ मा नेकपा एमालेको घरदैलो कार्यक्रम ९५ प्रतिशत सकिएको वडा कमिटीका सचिव सूर्य प्रकाश ढुंगानाले जानकारी दिनुभएकाे छ । उक्त वडामा निर्वाचनलाई लक्षित गर्दै आज जलधारे हुँदै राखिडाँडासम्म घरदैलो कार्यक्रमको आयोजना गरिएको थियो ।

Pokhara 2 Photo Pokhara 11 Photo Pokhara 26 Photo

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका