बलिउड गायिका आस्था गिलकाे कन्सटमा झुमे राजधानी बासी • Nepal's Trusted Digital Newspaperबलिउड गायिका आस्था गिलकाे कन्सटमा झुमे राजधानी बासी • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • बलिउड गायिका आस्था गिलकाे कन्सटमा झुमे राजधानी बासी

बलिउड गायिका आस्था गिलकाे कन्सटमा झुमे राजधानी बासी

  • समाचारपाटी
  • सोमवार, बैशाख २६, २०७९
बलिउड गायिका आस्था गिलकाे कन्सटमा झुमे राजधानी बासी

काठमाडौंँ । राजधानी बासीले बलिउड गायिका आस्था गिलसँग नाच्ने अवसर पाउनुभएकाे छ । शनिबार साँझ दरबारमार्गस्थित क्लब प्लाटिनममा आयोजित ‘आस्था गिल लाइभ’ नामक कन्टस शो अवसर प्राप्त भएको हो ।

शनिबार मध्यान्न ६ बजे त्रिभुवन विमानस्थल अवतरण हुनुभएकी गायिका गिल कन्सटमा भने मध्य राती १२ बजे मात्र प्रस्तुत हुनुभएकाे थियाे । क्रप टप र रातो रंङको पाइटमा ‘म पानी पानी हो गई’ गीत गाउँदै प्रस्तुत हुनुभएकी गिलले करिव तीन ३ घन्टा स्टेजमा आफ्ना ननस्टप गीतसंगीतबाट दर्शक नचाउनुभयाे ।

‘म पानी पानी’, ‘चुम्बा चुम्बा’, ‘डिजेवाले बाबु’, ‘अभी तो पार्टी शुरु हुई है’, ‘नागिन दिन गिन गिन’ लगायत एक दर्जन बढी हिट गीत उहाँले
कार्यक्रममा प्रस्तुत गर्नुभएकाे थियाे । उहाँका हरेक गीतमा दर्शक झुम्दै र उफ्रिदै नाचेका थिए । ‘म पानी पानी’, ‘चुम्बा चुम्बा’, ‘डिजेवाले
बाबु’ उहाँको गीतमा त दर्शकले वान्स मोरका हुटिङ समेत बर्षाएका थिए ।

गिलले कार्यक्रममा नेपाली गीत ‘आगे आगे तोपको गोला’ बोलका गीतको केही लाइन समेत गाएर सुनाउनुभएकाे थियाे । अर्काे पटक नेपाल आउँदा यो गीत पुरै गाउने बाँचा समेत गर्नुभएकी गिलले नेपाल र नेपाली आफुलाई मनपर्ने बताउनुभयाे । युहान इन्टरनेसनल इभेन्ट, फेलिज, एमी इन्टरटेनमेन्ट र क्लब प्लाटिनमले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रमको उदेश्य दर्शकलाई सांगीति मनोरन्जन दिने र नेपालमा कोरोना हटिसकेको सन्देश दिने रहेको आयोजन संस्थाका सानु खानले जानकारी दिनुभयाे ।

दर्शकले भरिभराउ भएको क्लब प्लाटिनममा गिलको आगमन पहिले दर्शक नाचउने काम त्यहाँका डिजेले नेपाली लोक, पप लगायत बिभिन्न गीतबाट गर्नुभएकाे थियाे । फिल्म ‘फग्ली’को पार्टी सङ ‘ढुप चिक’ बाट बलिउडको पाश्र्व गायनमा पाइला चालेकी आस्थाका ‘अभि तो पार्टी सुरु हुई है’, ‘डिजे वाला बाबु’, ‘बज’, ‘नागिन’, ‘ह्याप्पी ह्याप्पी’, ‘कमरिया’ लगायत थुप्रै गीत हिट छन् । उहाँ स्टण्ट बेस्ड रियालिटी शो ‘फियर फ्याक्टरः खतरों कि खेलाडी ११’ को प्रतिस्पर्धी पनि हुनुहुन्छ ।

3 1 1

 

c3

279665890 588314015587273 7486264663728636635 n

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका