घरदैलोका सहभागीसँग विद्या भट्टराईको भेट, युवाहरुको बढ्दो स्वतस्फुर्त सहभागिता • Nepal's Trusted Digital Newspaperघरदैलोका सहभागीसँग विद्या भट्टराईको भेट, युवाहरुको बढ्दो स्वतस्फुर्त सहभागिता • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • घरदैलोका सहभागीसँग विद्या भट्टराईको भेट, युवाहरुको बढ्दो स्वतस्फुर्त सहभागिता

घरदैलोका सहभागीसँग विद्या भट्टराईको भेट, युवाहरुको बढ्दो स्वतस्फुर्त सहभागिता

  • समाचारपाटी
  • सोमवार, बैशाख २६, २०७९
घरदैलोका सहभागीसँग विद्या भट्टराईको भेट, युवाहरुको बढ्दो स्वतस्फुर्त सहभागिता

पोखरा । नेकपा एमाले पोखरा –१५ को घरदैलोमा रहेका टोलीलाई प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले भेट गर्नुभएकाे छ। नवौं दिनदेखि जारी घरदैलो तथा मतदाता भेटघाटमा रहनुभएका उम्मेदवार सहित कार्यकर्ताको टोलीलाई भेट्न भट्टराई बनक्यामपस स्थित प्रतिभा मार्ग पुग्नुभएकाे हाे।

निकै छोटो समयको भेटघाटमा भट्टराईले उम्मेदवार सबैलाई जितको शुभकामना दिनुभयाे भने टोलीमा सहभागीलाई धन्यवाद दिएर फर्किइनुभयाे।

युवाहरुको स्वतस्फुर्त सहभागिता

आसन्न निर्वाचनलाई लक्षित गर्दै शुरु गरेको घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा वडावासी युवायुवतीको स्वतस्फुर्त सहभागिता बढ्न थालेको छ। वडाका पाँचै उम्मेदवार र समर्थकसहित आइतबार घरदैलोमा निस्किएको टोलीमा सहभागी युवायुवतीले आफ्ना उम्मेदवारका लागि खुलेर भोट माग्नुभयाे। उहाँहरुले अहिलेको युवा नेतृत्व यसअघि पनि आफ्ना विभिन्न सामाजिक कामले परिचित भइसकेको भन्दै यो नेतृत्वबाट धेरै आश गरेको प्रतिक्रिया दिनुभयाे।

गलेश्वर चोकबाट स्वतस्फुर्त घरदैलोमा सहभागिता जनाउन आउनुभएका संदेश केसीले पछिल्लो समय राजनीतिमा युवाहरुको आकर्षण बढ्नुमा सबैका लागि सुखद भएको प्रतिक्रिया दिनुभयाे। उहाँको आशय थियो ’नेतृत्व तहमा युवाहरु पुगे पो हामी युवाहरुमा पनि हौसला बढ्छ, देशमै केही गर्छु भन्ने जाँगर चल्छ।’ उहाँका छिमेकी युवा उम्मेदवार आशिष भण्डारी खुल्ला सदस्य पदका लागि अहिले चुनावी मैदानमा हुनुहुन्छ।

यस्तै पोखरा अमिनतारा निवासी सारा गुरुङ भर्खर १२ कक्षामा पढ्दैहुनुहुन्छ। घरदैलोका क्रममा भेटिनुभएकाे उहाँले आफ्ना उम्मेदवारहरुका लागि स्वतस्फुर्त भोट माग्न आएको बताउनुभयाे। उहाँले आफू राजनीति बुझ्ने भइनसकेपनि अहिलेका युवा नेतृत्व देखेरै समर्थनका लागि आएको बताउनुभयाे। उहाँले आगामी चुनावमा पहिलोपटक मतदान गर्ने पनि बताउनुभयाे।

यता, केहिदिन देखि घरदैलोमै व्यस्त किरण गुरुङ प्रतिभा मार्ग निवासी हुनुहुनछ। विकास र परिवर्तनका लागि राजनीतिमा पनि अब पुस्ता हस्तान्तरण हुनुपर्छ भन्ने मान्यता राख्ने उहाँ उम्मेदवारसँगै वडावासीलाई मतदाता शिक्षामा जोड दिइरहनुभएकाे छ। विभिन्न संघ संस्थामा समेत आवद्ध उहाँले निर्वाचित भएपश्चात युवाहरुको लागि कार्य योजना बनाएरै अगाडि बढ्न उम्मेदवारहरु लाई सुझाव पनि दिएको बताउनुभयाे।

नवौँ दिनदेखि जारी घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा पछिल्ला दिनमा युवाहरुको स्वतस्फुर्त सहभागिता देखेर अझ उत्साहित भएको अध्यक्ष पदका प्रत्यासी तोरण बानियाँले बताउनुभएकाे छ। लामो समयदेखिको निरन्तरको खटाईले थकानको महशुस भएपनि घरदैलोमा युवा भाई बहिनीहरुको सक्रियता देख्दा थकान हराउनुका साथै आफूहरु जीत नजिक रहेको प्रतिक्रिया दिनुभयाे।

उहाँले अहिलेसम्म झन्डै ७५ प्रतिशत घरदैलो कार्यक्रम सम्पन्न गरिसकेको जानकारी दिनुभयाे।

2 9 3 7

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका