'भारी मतले जिताउनुस्, सधा सुःख–दुःखमा खटिने छौँ':-मादी–२ मा एमाले उम्मेद्वार • Nepal's Trusted Digital Newspaper'भारी मतले जिताउनुस्, सधा सुःख–दुःखमा खटिने छौँ':-मादी–२ मा एमाले उम्मेद्वार • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘भारी मतले जिताउनुस्, सधा सुःख–दुःखमा खटिने छौँ’:-मादी–२ मा एमाले उम्मेद्वार

‘भारी मतले जिताउनुस्, सधा सुःख–दुःखमा खटिने छौँ’:-मादी–२ मा एमाले उम्मेद्वार

  • समाचारपाटी
  • सोमवार, बैशाख २६, २०७९
‘भारी मतले जिताउनुस्, सधा सुःख–दुःखमा खटिने छौँ’:-मादी–२ मा एमाले उम्मेद्वार

पोखरा । कास्कीको मादी गाउँपालिका–२ मा नेकपा एमाले उम्मेद्वारले घरदैलो र चुनावी सभा गर्नुभएकाे छ । मादी २ को घ्यामराङ, रोमी गाउँ र ताङतिङ लगायत गाउँमा एमालेले आइतबार घरदैलो र चुनावी सभा गरेको हो । मादीमा एमालेबाट अध्यक्षमा शिवबहादुर गुरुङ (महेन्द्र) र उपाध्यक्षमा कल्पना गुरुङ उम्मेद्वार हुनुहुन्छ ।

आइतबार नै एमाले उम्मेद्वारले मादी १ को साँधाका मतदातालाई पनि भेट्नुभएकाे छ । ताङतिङमा आयोजित सभामा बोल्दै अध्यक्ष उम्मेद्वार
महेन्द्रले विकास निर्माण र युवाको भविष्य सुनिश्चित गर्ने काम अरु पार्टीले गर्न नसक्ने बताउनुभयाे । ‘यहाँका युवाको भविष्य बन्ने भनेको एमालेबाटै हो । हामीले युवाको भविष्य कसरी बनाउन सकिन्छ भन्ने जानेका छौँ,’ उहाँले भन्नुभयाे, ‘अरु पार्टीले कसलाई कुन मुद्दा हालेर कसरी सिध्याउने भन्ने जानेको छ ।’

पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बनेको क्रपुडाँडाको प्रवद्र्धन गर्ने र ट्रेकिङ रुट स्तरोन्नति गर्ने महेन्द्रको भनाइ थियो । ताङतिङमा अघिल्लो निर्वाचन जसरीनै एमालेलाई अत्यधिक मत आउने अपेक्षा रहेको महेन्द्रले सुनाउनुभयाे । पालिका हाँकेका अग्रजको सल्लाह लिएर र जनतासँग सल्लाह लिएर काम गर्ने महेन्द्रले प्रतिबद्धता जनाउनुभयाे ।

कोभिडमा विकास निर्माणको काम रोकिए पनि जनता बचाउने काममा जनप्रतिनिधि लागेकाले जनताले त्यसको पनि मूल्यांकन गर्नुपर्ने महेन्द्रले बताउनुभयाे । ‘यहाँका पालिका अध्यक्ष र वडाध्यक्षले कोभिडले गर्दा काम गर्न पाइएन भन्नुभयो । तर होइन, कोभिडमा जनता बचाउने काम भएको छ,’ उहाँले थप्नुभयाे, ‘विकास निर्माणको काम विश्वमै रोकिएका थिए । सुरुमा त जनता बचाउनु नै ठूलो कुरा हो ।’
उपाध्यक्ष उम्मेद्वार कल्पनाले ताङतिङ पर्यटकीय गाउँ भएकाले गाउँका सम्भावना उजागर गर्ने योजना आफूहरुले ल्याउने बताउनुभयाे ।

‘यहाँको युवा र महिलालाई व्यवसायमा जोड्न चाहन्छौँ । दलित, पिछडिएका वर्ग, फरक क्षमता भएकालाई पनि विशेष सम्बोधन गर्ने छौँ । भारी मतले जिताउनुस्, सधा सुःख–दुःखमा खटिने छौँ,’ उहाँले भन्नुभयाे । आफ्नो क्षमताले भ्याएसम्म मादीका महिलालाई सशक्तिकरण
गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयाे । पछिल्लो एक कार्यकाल गाउँ कार्यपालिका सदस्यको अनुभव बोकेकी कल्पनाले अहिले बाँकी रहेका कामलाई पूर्णता दिने बताउनुभयाे ।

शून्यबाट काम सुरु गर्यौ । त्यसैले धेरै काम देखाउन पाएनौँ । शून्यबाट सुरु भएकाले पूर्वाधारसहित जग हाल्नुपर्यो,’ उहाँले भन्नुभयाे, ‘अघिल्लो कार्यकालले इमानदार भएर काम गर्नुभयो । उहाँहरुले पूर्णता दिन नपाएको काम हामी गर्छौं ।’ मादी २ मा एमालेले २०७४ सालमा जितेका एकाजंग गुरुङलाई फेरि वडाध्यक्ष उम्मेद्वार बनाएको छ । चुनावी सभामा बोल्दै उहाँले आफूले पछिल्लो पाँच वर्षमा गरेको काम जनताले देखेको र त्यसैको आधारमा फेरि चुनाव जिताउने विश्वास व्यक्त गर्नुभयाे । अब चुनाव जितेमा ताङतिङ गाउँसम्म कालोपत्रे सडक पुर्याउने वडाध्यक्ष उम्मेद्वार गुरुङले प्रतिबद्धता जनाउनुभएकाे थियाे ।

madi 2 uml mahendra gurung

uml tangting 1

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका