मादी गाउँपालिकालाई सांस्कृतिक गाउँ बनाउँछौं :- मादी गठबन्धन • Nepal's Trusted Digital Newspaperमादी गाउँपालिकालाई सांस्कृतिक गाउँ बनाउँछौं :- मादी गठबन्धन • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • मादी गाउँपालिकालाई सांस्कृतिक गाउँ बनाउँछौं :- मादी गठबन्धन

मादी गाउँपालिकालाई सांस्कृतिक गाउँ बनाउँछौं :- मादी गठबन्धन

  • समाचारपाटी
  • सोमवार, बैशाख २६, २०७९
मादी गाउँपालिकालाई सांस्कृतिक गाउँ बनाउँछौं :- मादी गठबन्धन

मादी । मादी गठबन्धनका उम्मेद्वारले चुनाव जितेपछि पालिकालाई सांस्कृतिक गाउँ बनाउने बताउनुभएकाे छ । आधुनिक शैलीले मौलिक संस्कृतिक लोप हुँदै गएको भन्दै गठबन्धनका उम्मेद्वारले चुनाव जितेपछि पालिकालाई सांस्कृतिक गाउँपालिका बनाउने पहल गर्ने बताउनुभएकाे हाे ।

मादी ७ महघारी र मादी ६, तप्राङमा भएको चुनावी सभामा बोल्दै मादी गाउँपालिका अध्यक्ष पदका उम्मेद्वार नेपाली कांग्रेसका देवीजंग गुरुङले चुनाव जितेपछि मादीको मौलिक संस्कृति जगेर्ना गर्नपट्टी लाग्ने बताउनुभएकाे छ । ‘मादी गाउँपालिका, सांस्कृतिक रुपमा धनी गाउँपालिका हो । अहिले आधुनिकताले यहाँको संस्कृति हराउदै गई रहेको छ, हामीले चुनाव जितेपछि त्यसलाई जोगाउनपट्टी लाग्छौं,’ उहाँले भन्नुभयाे ।

मादी गाउँपालिकालाई सास्कृतिक जगेर्ना गरेर पर्यटनसँग जोड्ने उहाँले बताउनुभयाे । ‘पुरानो संस्कृति जोगाउनुपर्ने त हाम्रो कर्तव्य नै हो । त्यसलाई जोगाउँदै पर्यटनसँग जोडेर, पर्यटकीय नमुना गाउँ बनाउन हामीले पहल गर्ने छौं,’ उहाँले भन्नुभयाे ।

गठबन्धनकै उपाध्यक्ष पदका उम्मेद्वार नेकपा माओवादी केन्द्रका लालबहादुर गुरुङले संविधान रक्षा गर्न गठबन्धन एक ढिक्का भएर लागे जस्तै मादी बनाउन पनि लाग्ने बताउनुभयाे । सबै दलको सहमतिमा बजेट विनियोजन हुने भए पनि विपक्षी दलले आफैले छुट्याए जसरी प्रचार गरेकोमा उहाँले आपत्ति प्रकट गर्नुभयाे । गाउँपालिका विकासका लागि सबैको समन्वय जरुरी रहेको बताउँदै उहाँले गठबन्धनका उम्मेद्वारलाई जिताउन आग्रह गर्नुभयाे ।

नेपाली कांग्रेस कास्कीका पूर्व सभापति एवं कांग्रेस नेता कृष्ण केसीले गठबन्धनका उम्मेद्वारलाई जिताउन मतदातासामु आग्रह गर्नुभयाे । चुनावमा गठबन्धनलाई जिताएर मादीलाई जिताउन मतदातामाँझ उहाँको आग्रह थियो ।

मादी ६ वडा सदस्य पदका उम्मेद्वार खेमबहादुर जिसीले चुनावपछि वडामा खेलकुद, शिक्षा, स्वास्थ्यमा जोड दिने बताउनुभयाे । वडा र गाउँपालिका विकासका लागि सबै दलको उत्तिकै भुमिका रहने हुँदा निशेधको राजनीति बन्द हुनु पर्ने उहाँको भनाई थियो ।

मादी गाउँपालिका र वडा नम्बर ६ लाई समृद्ध बनाउने भिजन गठबन्धनसँग मात्र रहेको बताउँदै उहाँले गठबन्धनका सबै उम्मेद्वारहरुलाई जिताउन आग्रह गर्नुभयाे ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका