‘पोखराको फेवातालमा अब माछापुच्छे को छाया हेरेर कफी पिउन मिल्ने बनाउने छौं’:-पूर्व गृहमन्त्री अधिकारी • Nepal's Trusted Digital Newspaper‘पोखराको फेवातालमा अब माछापुच्छे को छाया हेरेर कफी पिउन मिल्ने बनाउने छौं’:-पूर्व गृहमन्त्री अधिकारी • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘पोखराको फेवातालमा अब माछापुच्छे को छाया हेरेर कफी पिउन मिल्ने बनाउने छौं’:-पूर्व गृहमन्त्री अधिकारी

‘पोखराको फेवातालमा अब माछापुच्छे को छाया हेरेर कफी पिउन मिल्ने बनाउने छौं’:-पूर्व गृहमन्त्री अधिकारी

  • समाचारपाटी
  • सोमवार, बैशाख २६, २०७९
‘पोखराको फेवातालमा अब माछापुच्छे को छाया हेरेर कफी पिउन मिल्ने बनाउने छौं’:-पूर्व गृहमन्त्री अधिकारी

पाँच दलीय गठबन्धन टाउको नभएका मुर्कुट्टा हुन्ः पूर्व गृहमन्त्री अधिकारी

पोखरा । पूर्व गृहमन्त्री तथा नेकपा एमालेका स्थायी कमिटी सदस्य खगराज अधिकारीले एमाले आम–नागरिकले भनेको भन्दा बढी काम गर्ने पार्टी भएको दावी गर्नुभएकाे छ ।  पार्टीले पोखरा ६ मा आयोजना गरेको चुनाव लक्षित भेलालाई सम्बोधन गर्दै उहाँले आम नागरिकको समस्यालाई उनीहरुले दर्साउनुभन्दा अगाडि समाधान गर्ने पार्टी भएको दावी गर्नुभएकाे हाे । भेलामा स्थायी कमिटी सदस्य अधिकारीले मर्दी नदीको मुहानको पानी पोखरामा शुद्धीकरण गरेर मात्र ल्याउनुपर्छ भन्ने अडान आफूले राखेको दावी समेत गर्नुभएकाे छ । ‘त्यो समयमा अन्य विपक्षी दलका नेताले मर्दीको पानी पोखरामा शुद्धीकरण नगरेर नै लैजाने भनिरहेका थिए ।’ उहाँले भन्नुभयाे, ‘मेरै पहलमा शुद्धीकरण गरेर ल्याउने सहमति भएको थियो ।’

पोखराको लेकसाइडलाई समेत उहाँले सफा र स्वच्छ बनाउने पहल गर्ने बताउनुभएकाे छ । ‘पोखराको फेवातालमा अब माछापुच्छे को छाया हेरेर कफी पिउन मिल्ने बनाउने छौं ।’ उहाँले भन्नुभयाे, ‘तालमा रहेका फोहोरलाई सफा गर्ने हाम्रो लक्ष्य हो ।’ भेलामा पूर्वमन्त्री अधिकारीले विपक्षी दललाई कुनै भिजन नभएको पार्टीको आरोप लगाउनुभयाे । अहिले भएको ५ दलीय गठबन्धनलाई लक्षित गर्दै पूर्व मन्त्री अधिकारीले उनीहरु टाउको नभएको मुर्कुट्टा भएको बताउनुभएकाे छ । ‘५ दलीय गठबन्धनसंग विकास तथा योजनाको कुनै भिजन छैन ।’ उहाँले भन्नुभयाे, ‘उनीहरु टाउको नभएको मुर्कुट्टा हुन् ।’ अधिकारीले अबको सरकार एमालेको नै हुनुपर्ने समेत बताउनुभएकाे छ ।

एमालेका स्थायी कमिटी सदस्य समेत रहनुभएका अधिकारीले पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल यथाशीर्घ सञ्चालन गर्ने बताउनुभएकाे छ । अन्तर्राष्ट्रिय विमानस्थललाई २४ घण्टा सञ्चालनमा ल्याउने आफूहरुको योजना रहेको समेत उहाँले बताउनुभएकाे छ । भेलामा एमालेका तर्फबाट पोखरा महानगरपालिकामा मेयरका उमेद्वार कृष्ण थापाले ५ दलीय गठबन्धनले मुलुकलाई २०५९ सालमा धकेल्न खोजेको तर एमालेले रोकेको बताउनुभएकाे छ । ‘गठबन्धनले मुलुकलाई २०५९ तर्फ धकेलिसकेको थियो, तर एमालेले रोकेर ट्रयाकमा ल्याएको हो ।’ उहाँले भन्नुभयाे । भेलामा उमेद्वार थापाले आफूले जारी गरेको घोषणापत्र अक्षरशः पालना गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएकाे छ । थापाले लेकसाइडलाई २४ घण्टा नै खुल्ला गरेर विश्वकै पर्यटकीय हब बनाउने प्रतिवद्धता व्यक्त गर्नुभएकाे छ । पोखराको जिरो किमीबाट कोत्रेसम्म ६ लेनको सडक निर्माण गर्ने, फेवातालाई शुद्धीकरण गरेर व्यवस्थित गर्ने, पोखराको खानेपानी आयोजनालाई मेलम्चीभन्दा ठूलो आयोजना बनाउने, पोखराको सार्वजनिक स्थानमा पार्क निर्माण गरिने समेत उहाँले बताउनुभयाे ।

पार्टीको तर्फबाट उपमेयरको उमेद्वार मञ्जुदेवी गुरुङले आम मतदाता तथा पोखरेलीको आर्शीवादले आफू फेरी उपमेयरको पदमा आएको बताउनुभयाे । न्यायिक समितिको प्रमुख भएको नाताले पोखरामा धेरै समस्या समाधान भएको बताउनुभएकाे छ । ‘न्याय नपाए गारेखा जानु भन्ने भनाई प्रचलित थियो । तर अब न्याय नपाए पोखरा जानु भन्ने गरिन्छ ।’ उहाँले भन्नुभयाे ।

कार्यक्रममा नेकपा एमालेका अनुशासन आयोगका केन्द्रीय सचिव भरत पहारी, प्रदेश सांसद राजीव पहारी, पर्यटन व्यवसायी, बासु त्रिपाठी, वडाध्यक्षका प्रत्यासी विष्णुबहादुर भट्टराई, साविक पोखरा नगरपालिकाका पूर्व उपमेयर क्या.मानबहादुर गुरुङ लगायतले बोल्नुभएकाे थियाे । त्यस्तै भेलाको सञ्चालन पार्टीको वडा सचिव उमा भण्डारी रेग्मीले गर्नुभएकाे थियाे भने समापन पार्टीका वडाध्यक्ष बलराम पहारीले गर्नुभएकाे थियाे ।

भेलामा थप उर्जा प्रदान गर्न राष्ट्रिय जनसांस्कृतिक महासंघका टोलीसहित लोकगायक प्रजापति पराजुली, तारापति सुवेदी, सरला पाण्डे, लक्ष्मी सुनार, जीवन दाहाल, माया गिरी, बुद्धि खनाल, जगन गुरुङ र शीतला अधिकारी लगायत आ–आफ्नो प्रस्तुती दिनुभएकाे थियाे ।

279966175 673933400341261 6061245747886703042 n

280096416 524865415905096 4374365059439503166 n 280224786 535173791590898 3813243806730173605 n

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका