गायिका मिलन नेवारको ‘हाँस तिमी’ मा सृजना र सन्तोषको रोमान्सा
काठमाडौँ । गायिका मिलन नेवारको स्वर रहेको ‘हाँस तिमी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतकार गीता गिरीको शब्द रहेको गीतमा विक्रम थापाको संगीत रहेको छ भने गीतमा विसन मानन्धरले संगीत संयोजन गर्नुभएकाे छ ।
गीतको भिडियोमा सृजना निङ्लेखु र सन्तोष राईको अभिनय देख्न सकिन्छ । हेयर स्टाइलिस्ट समेत रहनुभएका राई अभिनयमा विशेष रुची राख्नुहुनछ । मोरगंका राई ६ वर्षदेखि बेलायतमा रहँदै आउनुभएकाे छ ।
त्यस्तै मोडल सृजना निङ्लेखुले यसअघि ‘फूलहरु मगमग’, ‘तिम्रो छाती भित्र मुटु चल्छ मेरो’ लगायतका आधा दर्जन भिडियोमा बेलायत पुगेपछि अभिनय गरिसक्नुभएकाे छ ।
रेडियो, टेलिभिजन कार्यक्रम प्रस्तोताको लामो अनुभव बटुलीसकेकी सृजनालाई थ्रिएटर, रंगमञ्च, भ्लग हुँदै व्यवसायसम्मको अनुभव संगालीसकेकी सृजना आफ्नो पछिल्लो कामको नजिता देखेर निकै खुशी हुनुहुन्छ ।
त्यस्तै गीतकार गिरीको यस अगाडि एलिना चौहानको स्वर रहेको हरु हेरुँ लाग्छ, रामकृष्ण ढकालको ‘ए पहरी फूल’ बजारमा ल्याइसक्नुभएकाे छ । जुन गीतले राम्रो चर्चा बटुल्न सफल भएकाे थियाे ।
बेलायतका रमणीय स्थानहरुमा छायांकन गरिएको भिडियोको निर्देशन कुशल श्रेष्ठले गर्नुभएकाे हाे । भिडियोमा निर्देशक कुशलकै सम्पादन र छायांकन रहेको छ । प्रवासबाट सर्वाधिक धेरै र स्तरिय भिडियो निर्माण गर्ने निर्देशकको परिचय बनाउनुभएका निर्देशक कुशलले अन्य थुप्रै समुदायका भिडियो एवं चलचित्र समेत छायांकन गर्नुभएकाे छ ।