झापाका उमेश राईले जित्नुभयाे १६ औं धर्मश्रीको खिताव • Nepal's Trusted Digital Newspaperझापाका उमेश राईले जित्नुभयाे १६ औं धर्मश्रीको खिताव • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • झापाका उमेश राईले जित्नुभयाे १६ औं धर्मश्रीको खिताव

झापाका उमेश राईले जित्नुभयाे १६ औं धर्मश्रीको खिताव

  • समाचारपाटी
  • सोमवार, बैशाख २६, २०७९
झापाका उमेश राईले जित्नुभयाे १६ औं धर्मश्रीको खिताव

झापाका उमेश राईले १६ औं धर्मश्रीको खिताव जित्नुभएकाे छ । एनआरके फिटनेशका राईले झापाकै ग्यालेक्सी फिटनेशका ललित धिमाललाई पछि पार्दै उपाधी जित्नुभएकाे हाे । राईले नगद १० लाख, ट्रफी, मेडल, प्रमाण पत्र र अन्य उपहार प्राप्त गर्नुभएकाे छ । यस्तै धिमालले उपबिजेता भए बापत नगद ५ लाख हात पार्नुभयाे । तृतीय स्थानमा मसल्स एण्ड फिटनेश, नयाँबजारका कृष्ण बहादुर सूर्यबंशी रहनुभयाे । उहाँले नगद २ लाख प्राप्त गर्नुभएकाे छ ।

नेपालमा ब्यायामको क्षेत्रको माउ सस्था नेपाल ब्यायाम मन्दिरको आयोजनामा भएको धर्मश्री प्रतियोगितामा उमेश राई ८० केजी तौल समूहमा प्रथम स्थान हात पार्दै धर्मश्री उपाधीको ओभर अल राउण्डमा प्रवेश गर्नुभएकाे थियाे । यस्तै धिमाल ८० केजी माथिको तौल समूहमा प्रथम स्थान हात पार्दै ओभर अल राउण्डमा प्रवेश गर्नुभएकाे थियाे । ७५ केजी तौल समूहमा मसल्स एण्ड फिटनेश,  प्रथम स्थान हात पार्दै धर्मश्रीका लागि प्रतिस्पर्धा गर्नुभएकाे थियाे ।

शनिबार ढिलो गरि सम्पन्न प्रतियोगितामा ७ तौल समूहमा भएको प्रतिस्पर्धाबाट प्रत्येक तौल समूहमा विजेता भएका खेलाडीहरुले अन्तिम चरणमा धर्मश्रीका लागि प्रतिस्पर्धा गरेका थिए । त्यही क्रममा तेश्रो स्थानमा ७० केजीका बिलिजेण्ड शेप फिटनेश, खुसिवुका सन्जम सागर  शाक्य रहनुभयाे । ७० केजी तौल समूहका उहाँले नगद १ लाख ५० हजार प्राप्त गर्नुभयाे ।  पाँचौ स्थानमा कृष्ण बहादुर सूर्यबंशी रहनुभयाे । ६५ केजी तौलका उहाँले नगद १ लाख प्राप्त गर्नुभयाे । छैटौ स्थानमा आयोजक नेपाल ब्यायाम मन्दिरका डेभिड बलामी रहनुभयाे । ६० केजी तौलका उहाँले नगद ९० हजार प्राप्त गर्नुभयाे । यस्तै अन्तिम तथा सातौं स्थानमा आयोजक संस्थाकै राजु राई रहनुभयाे । ५५ केजी तौल समूहका उहाँले नगद ८० हजार प्राप्त गर्नुभयाे ।

बिजयी खेलाडीहरुलाई सम्माननिय उप–राष्ट्रपति नन्द किशोर पुनले पुरस्कार वितरण गर्नुभएकाे थियाे । तौल समूह अन्तरगत भएको प्रतिस्पर्धामा ५५ केजी तौलमा जिम एक्स नयाँबजारका उमेश डङ्गोल दोश्रो र हेल्थ बेनिफिटनेश, नेपालगंजका सिद्धान्त जसरोटिया तेश्रो हुनुभयाे । ६० केजीमा युनिभर्सल फिजिकल फिट, भक्तपुरका किशन दास दिवाकर दोश्रो र रत्नश्री, पोखराका सुरेश लामा तेश्रो हुनुभयाे । ६५ केजीमा आयोजकका आशिष देवाजु दोश्रो र यारो फिटनेश, मोरङ्गका मोनोज सुवेदी तेश्रो हुनुभयाे । ७० केजीमा द वर्कआउट स्टेशन, नयाँबजारका अशोक महर्जन दोश्रो र रुपन्देही फिटनेश टाईमभका कृष्ण प्रसाद श्रेष्ठ तेश्रो हुनुभयाे । ७५ केजी तौलमा बिलिजेण्ड शेप फिटनेश, खुसिबुका प्रवेश श्रेष्ठ दोश्रो र आयोजकका आदित्य ठाकुर तेश्रो हुनुभयाे । ८० केजीमा प्याराडईज फिटनेश सेन्टर, कलंकीका बिवेक सिंह धामी दोश्रो र प्लाटिनियम फिजिक फिटनेश, बानेश्वरका हरि थापा तेश्रो हुनुभयाे । ८० केजी माथिको तौलमा आयोजकका ग्रिस महर्जन दोश्रो र गोर्खाली फिटनेश, न्यूरोडका अरुण कुमार प्रधान तेश्रो हुनुभयाे । दोश्रो हुने खेलाडीले नगद ४० हजार र तेश्रो हुने खेलाडीले २५ हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गर्नुभएकाे छ ।

MB2A3252 MB2A3266

 

MB2A3324 e1652011161242

MB2A3334

 

आश्वत र जासमिन फिजिक तर्फ बिजयी
१६ औं धर्मश्रीकै दौरान पहिलो पटक आयोजना गरिएको पुरुष तथा महिला फिजिकको पुरुष तर्फ आयोजक नेपाल ब्यायाम मन्दिरका आश्वत स्थापित र महिला तर्फ द फिटनेश टेम्पल, भक्तपुरकी जासमिन लामा बिजयी हुनुभएकाे छ । बिजयी खेलाडीहरुले नगद २ लाख सहित मेडल, प्रमाण पत्र र अन्य उपहार प्राप्त गर्नुभयाे ।

पुरुष तर्फ १०१ बेष्ट फिटनेश, पोखराका सुमन श्रेष्ठ दोश्रो र आईरन प्याराडाईज फिटनेश एण्ड स्पा, काठमाण्डौका ज्ञानेश्वर चौधरी तेश्रो हुनुभयाे । यस्तै महिला तर्फ डिभाईन फिजिक फिटनेश, काठमाण्डौकी लुना श्रेष्ठ दोश्रो र मसल एण्ड फिटनेश, काठमाण्डौकी नमानी गुरुङ्ग तेश्रो हुनुभयाे । दोश्रो र तेश्रो हुने खेलाडीहरुले क्रमशः नगद १ लाख र ५० हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गर्नुभयाे । बिजयी खेलाडीहरुलाई बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न प्रसाद ढकाल लगायतले पुरस्कार वितरण गर्नुभएकाे थियाे ।

MB2A3378

MB2A3403

MB2A3396 e1652011366327

MB2A3384

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका