काठमाडौं । देशभर पछिल्लो २४ घन्टामा १७ जना कोराना संक्रमित थपिएका छन्। आज काेराेना संक्रमणबाट कसैकाे पनि मृत्यु भएकाे छैन् । पछिल्लो २४ घन्टामा २ हजार ९ सय ५ जनाकाे पिसिआर परीक्षण गर्दा १७ जना र १ हजार १ सय ५ जनाकाे एनटिजेन परीक्षण गर्दा ० जना गरी १७ जना नयाँ काेराेना संक्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घन्टामा ४ हजार १० जनामा कोरोना परिक्षण भएकाे छ भने २१ जना कोरोना संक्रमण मुक्त भएका छन्।
यस्तै पछिल्लो २४ घन्टामा २२ हजार १ सय ६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। हालसम्म देशभर २ सय १ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।
देशभर काेराेना संक्रमणबाट मुक्त हुनेकाे संख्या ९ लाँख ६६ हजार ७ सय ८९ रहेकाे छ भने मृत्यु हुनेकाे संख्या ११ हजार ९ सय ५२ पुगेकाे छ ।