पोखरा १० का मतदाता गठबन्धनलाई जिताउन आतुर • Nepal's Trusted Digital Newspaperपोखरा १० का मतदाता गठबन्धनलाई जिताउन आतुर • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • पोखरा १० का मतदाता गठबन्धनलाई जिताउन आतुर

पोखरा १० का मतदाता गठबन्धनलाई जिताउन आतुर

  • समाचारपाटी
  • आइतवार, बैशाख २५, २०७९
पोखरा १० का मतदाता गठबन्धनलाई जिताउन आतुर

पोखरा । पोखरा महानगरपालिका १० का मतदाताहरु यो पटक गठबन्धनलाई भोट दिन आतुर रहनुभएकाे छ । अघिल्लो स्थानिय तहको निर्वाचनदेखि नै नेपाली कांग्रेसलाई भोट दिएका उहाँहरु यो पटक पनि ५ दलीय सयुक्त गठबन्धनलाई भोट दिने भएका छन् ।

Gathabandhan Pokhara ward 10 Photo 1

गठबन्धनको चुनावी प्रचारप्रसारका क्रममा नागिन टोलमा आयोजित चुनावी कोण सभामा सहभागी वडाबासीहरुले गठबन्धनलेनै मुलुकको निकास दिने भएकाले आफूहरुको रोजाईमा परेको बताउनुभएकाे थियाे । भुमिहिनको पक्षमा आवाज उठाउने नेतृत्वलाई जिताएर आफ्नो हक अधिकार सुनिश्चित गराउने वडा नम्बर १० बासीको भनाई थियो ।

कार्यक्रममा संयुक्त गठबन्धनबाट मेयरका उम्मेद्वार धनराज आचार्यले नागिन टोल लगायत अन्य सुकुम्बासी टोलको समस्यासँग पहिला देखि नै जानकार रहेकाले गठबन्धनलाई जिताएमा निकासको बाटो खोज्ने बताउनुभएकाे छ । उहाँले आफ्नो नेतृत्व सधैं पोखराका भुमिहिनहरुको पक्षमा रहने वताउँदै यो पटकको चुनावमा गठबन्धनलाई जिताउन आग्रह गर्नुभयाे । नेपाली कांग्रेसबाट वडाध्यक्ष हुनुभएका राजकुमार गुरुङको नेतृत्वले थालेको काम पुरा गर्न पनि यो पटक वडामा नेपाली कांग्रेस र मेयर उपमेयरमा गठबन्धनलाई भोट दिन उहाँको आग्रह थियो । पोखरा १० मा वडाका उम्मेदवारहरु सबै नेपाली कांग्रेसबाट छन् ।

उपमेयरकी उम्मेदवार कोपिला रानाभाटले नागिन टोलमा भएका लालपुर्जा समस्या समाधान गर्न पहल गर्ने बताउनुभएकाे छ । वडाको टिमसहित मेयर उपमेयरलाई विजयी गराएमा सुकुम्बासी समस्या हल गर्न गठबन्धनको टिम बसेर कार्यक्रम र योजना तय गर्न सहज हुने भएकाले सिंगो टिमलाई मतदान गर्न उहाँले सुझाउनुभयाे । आफूले जितेमा न्यायसम्पादनको काम चुस्त दुरस्त बनाउनेदेखि महिला, वालवालिका, अशक्त, असहाय, वृद्ध, अपाङ्गहरुको हितमा काम गर्ने उहाँको प्रतिवद्धता थियो ।

वडाध्यक्षका उम्मेदवार राजेश गुरुङले वडाको विकास र सुशासन चाहने मतदाताहरुको वडा भएकाले पनि प्रजातन्त्र र लोकतन्त्रको पक्षमा वकालत गर्ने पार्टी नेपाली काँग्रेसलाई मत गर्न बताउनुभएकाे छ । ‘काँग्रेसले गएको स्थानीय निर्वाचनमा जीत हासिल गरी वडाबासीको हितमा काम गरेकोले यस पटकको निर्वाचनमा पनि मत दिएर मेरै प्यानललाई विजयी गराउने छन्,’ उहाँले भन्नुभयाे । यो पटक पहिलो चुनाव चिन्ह कलममा एकिकृत समाजवादीतर्फका मेयरका उम्मेदवार धनराज आचार्य र दोस्रो चुनाव चिन्ह रुखमा नेपाली कांग्रेसबाट उपमेयरकी उम्मेदवार कोपिला रानाभाट त्यसपछि वडाध्यक्ष र वडासदस्यहरुलाई क्रमैसँग रुखमा मतदान गर्न गुरुङले मतदाताहरुलाई आग्रह गर्नुभयाे ।

पोखरा १० मा नेपाली काँग्रेसबाट वडा अध्यक्ष राजेश गुरुङ नेतृत्वमा सदस्यमा उम्मेदवारहरु परमेश्वरबहादुर कार्की, नरदेवी गुरुङ, पूर्णचन्द्र न्यौपाने र सुनीमाया नेपाली चुनावी अभियानमा हुनुहुन्छ । घरदैलो अन्तर्गत आईतबार पोखरा १० को जनप्रिय टोल, मिलन टोल र नागिन टोल लगायत टोलहरुमा कार्यक्रम भएको थियो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका