पोखरा–१५ मतदाता :- ’अबको विकास र स्थायित्व एमालेबाट मात्रै सम्भव’ • Nepal's Trusted Digital Newspaperपोखरा–१५ मतदाता :- ’अबको विकास र स्थायित्व एमालेबाट मात्रै सम्भव’ • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • पोखरा–१५ मतदाता :- ’अबको विकास र स्थायित्व एमालेबाट मात्रै सम्भव’

पोखरा–१५ मतदाता :- ’अबको विकास र स्थायित्व एमालेबाट मात्रै सम्भव’

  • समाचारपाटी
  • आइतवार, बैशाख २५, २०७९
पोखरा–१५  मतदाता :- ’अबको विकास र स्थायित्व एमालेबाट मात्रै सम्भव’

पोखरा । नेकपा एमाले पोखरा –१५ को घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम शनिबार आठौँ दिनमा प्रवेश गरेको छ। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै बिहानैदेखि पाँच जना उम्मेदवारसहित कार्यकर्ताको टोली घरदैलो तथा मतदाता भेटघाटमा व्यस्त हुन थालेका छन्।

टोलीले शनिबार नयाँगाउँको तल्लो एरिया खरबारी, नागबेली मार्ग र जनशक्ति टोल लगायतका स्थानमा घरदैलो सम्पन्न गरेको छ। शनिबारको घरदैलो कार्यक्रमका लागि वडावासी नागरिक समेत स्वतस्फुर्त घरदैलोमा सहभागी भएका छन्।

घरदैलो तथा मतदाता भेटघाटका लागि पुगेको उम्मेदवारसहितको टोलीलाई स्थानीयले वडामा विकासको कामले गति लिन लागेको भन्दै अधुरो र अपुरो कामलाई छिट्टै पूर्णता दिन आग्रह गरेका छन्।

केहि मतदाताले त स्वार्थ मिसिएको गठबन्धनमा नेता र कार्यकर्तालाई भाग लगाउँदा र उनीहरुलाई मिलाएर लैजानै चुनौती रहेको भन्दै अबको विकास र स्थायित्व केवल नेकपा एमालेबाट मात्रै सम्भव रहेको प्रतिक्रिया दिएका छन् ।

घरदैलोकै क्रममा केही युवाहरुले भने स्थानीय सरकारले आफूहरुलाई पनि समेटेर जान सोही अनुरुपको सीप र तालिमको व्यवस्था गर्नुपर्नेमा उम्मेदवारलाई सुझाव दिएका थिए।  घरदैलोमा युवाहरुले देखाएको चासो र जिज्ञासाले आफूलाई निकै नै उर्जा मिलेको खुल्ला सदस्य पदका युवा उम्मेदवार आशिष भण्डारीले बताउनुभयाे। उहाँले निर्वाचित भएको खण्डमा यो नेतृत्वलाई सम्झिरहने खालको युवा लक्षित उदाहरणिय कार्यहरु गर्ने अठोट लिनुभयाे।

नेकपा एमाले वडा नं –१५ बाट वडा अध्यक्ष पदका लागि तोरण बहादुर बानियाँ, खुल्ला सदस्य आशिष भण्डारी, वलराम पौडेल, महिला सदस्य सेतीमाया गुरुङ र दलित महिला सदस्य पदका लागि मन्दिरा परियारले उम्मेदवारी दिनुभएकाे छ।

3 6 5 1

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका