धम्पुस आँगनमा माछापुच्छे काँग्रेसका उम्मेदवार • Nepal's Trusted Digital Newspaperधम्पुस आँगनमा माछापुच्छे काँग्रेसका उम्मेदवार • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • धम्पुस आँगनमा माछापुच्छे काँग्रेसका उम्मेदवार

धम्पुस आँगनमा माछापुच्छे काँग्रेसका उम्मेदवार

  • समाचारपाटी
  • आइतवार, बैशाख २५, २०७९
धम्पुस आँगनमा माछापुच्छे काँग्रेसका उम्मेदवार

पोखरा । नेपाली काँग्रेसका तर्फबाट माछापुच्छे गाउँपालिका प्रमुख र उपप्रमुखका उम्मेदवारहरु शनिबार धम्पुसवासीको आँगनमा पुग्नुभएकाे छ । पर्यटकिय गाउँ धम्पुस पुग्दा न्यानो आतिथ्यता पाउनुभएका उम्मेदवारहरु त्यहाँको थप विकास र प्रवद्र्धनकालागि प्रतिबद्धता पनि जनाउनुभएकाे छ ।

गाउँपालिका अध्यक्षका उम्मेदवार मिन बहादुर गुरुङले आम धम्पुसवासीको सल्लाह र माग अनुरुप कार्ययोजना अघि बढाइने बताउनुभयाे । पर्यटकिय गाउँ भइरहँदा पनि स्थानीय सरकारले उपेक्षा गरेको जनाउँदै उहाँले योजना सहित थप प्रवद्र्धन आवश्यक रहेको उल्लेख गर्नुभयाे ।
काँग्रेसका उम्मेदवारहरुलाई अत्यधिक मतसहित विजय गराउन आग्रह गर्दै उहाँले भन्नुभयाे,‘प्रकृतिले नै सुन्दर बनाएको यो ठाउँ अझै प्रवद्र्धन हुन सकिरहेको छैन । यहाँको मौलिक संस्कृति, रहनसहन लयागत यहाँको मौलिकता नै बलियो पक्ष हो । हामी यहाँको मौलिकतालाई आत्मसात् गर्दै प्रकृतिक सौन्दर्यलाई ध्यानमा राख्दै यहाँकै स्थानीयहरुको सल्लाह बमोजिम कार्ययोजना तयार गर्ने छौँ ।’मतकै लागि ठूला सपना देखाएर कालान्तरमा जनतालाई निरश गराउनु भन्दा नेतृत्वमा आएपछि आवश्यक कुराहरुलाई तत्काल अघि बढाइने उहाँले प्रतिबद्धता जनाउनुभएकाे थियाे ।

अध्यक्ष उम्मेदवार गुरुङ भन्नुहुन्छ ‘भोट पाउन यहाँ जे पनि भन्दिन्छन् । म कुनै ठूलो कुरा गर्छु भन्दिनँ । यहाँहरुकै आवश्यकता अनुसार योजनाहरु तय गर्ने हो । बोल्नमा भन्दा बढी म काममा देखाउँछु ।’ गाउँपालिका उपाध्यक्ष उम्मेदवार सिता अधिकारीले भूगोल अनुरुपको विकासमा जोड दिनुभयाे । मौलिकतालाई प्राथमिकतामा राख्दै पर्यटन गन्तव्यको मुख्य आकर्षण केन्द्र बनाउँदै आर्थिक चलायमान हुने गरि योजना तय गरिने बताउनुभयाे ।

अधिकारी भन्नुहुन्छ ‘हचुवाको भरमा विकास हुने कुरा होइन । विशेषज्ञसहित यहाँको भूगोल अध्ययन गरेर विज्ञ र स्थानीयकै रोहवरमा योजनाहरु तय गर्ने छौँ । यस रमणिय ठाउँलाई मौलिकतासँगै व्यवसायिकतामा पनि अघि बढाउने कुरामा हामी प्रतिबद्ध छौँ ।’

माछापुच्छे ७ धम्पुसमा काँग्रेसबाट वडाध्यक्षमा लोक बहादुर गुरुङलोके सर), महिला वडा सदस्यमा विष्णु माया भण्डारी, दलित महिला सदस्यमा जुना विक र वडा सदस्यमा श्याम अधिकारी उम्मेदवार हुनुहुन्छ । सो अवसरमा माछापुच्छे काँग्रेसका कार्यकर्ता, पार्टी पदाधिकारी लगायत सयौँको संख्यामा शुभेच्छुकहरुको उपस्थिती थियो ।

dhampus 1

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका