बुुद्ध जयन्तीको अवसरमा युवा बौद्ध संघको स्वास्थ्य शिविर • Nepal's Trusted Digital Newspaperबुुद्ध जयन्तीको अवसरमा युवा बौद्ध संघको स्वास्थ्य शिविर • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • बुुद्ध जयन्तीको अवसरमा युवा बौद्ध संघको स्वास्थ्य शिविर

बुुद्ध जयन्तीको अवसरमा युवा बौद्ध संघको स्वास्थ्य शिविर

  • समाचारपाटी
  • आइतवार, बैशाख २५, २०७९
बुुद्ध जयन्तीको अवसरमा युवा बौद्ध संघको स्वास्थ्य शिविर

पोखरा । युवा बौद्ध संघ नदीपुरले २५६६ औं बुद्ध जयन्तीको अवसरमा शनिबारदेखि सप्ताहव्यापी कार्यक्रमको आयोजना थालेको छ ।
आगामी जेठ २ गते सम्म सञ्चालन हुने उक्त कार्यक्रमको पहिलो दिन (शनिबार) निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो । उक्त स्वास्थ्य शिविरमा करिब ३ सय बढिले सेवा लिएको कार्यक्रम संयोजक डा. भाइरत्न शाक्यले जानकारी दिनुभयाे ।

उहाँका अनुसार शिविरमा हाडजोर्नी, दन्तरोग, नाक, कान, घाँटीलगायतका परीक्षण गरिनुका साथै औषधिसमेत उपलब्ध गराइएको थियो ।
संघका अध्यक्ष सुदीप प्रधानाङ्गले आगामी आइतबार रक्तदानको आयोजना गरिएको बताउँदै वडाबासी एवं सम्पूर्ण पोखरेलीलाई सहभागितको लागि अनुरोध गर्नुभएकाे छ । त्यस्तै, सोमबार साइकल रर्यालीको समेत आयोजना गरिने उहाँले बताउनुभयाे।

पोखरा साइकल सिटीको सहयोगमा आयोजना हुने उक्त रर्याली घेछेलिङ गुम्बा दीपहुँदै, सुखवति गुम्बादेखि अनदुँस्थित शान्ति स्तुपासम्म हुने रर्याली संयोजक रवि उदासले बताउनुभयाे । बुद्ध जयन्तीको अवसरमा वृहत कार्यक्रम आगामी जेठ २ गते आयोजना गरिने आयोजकले जनाएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका